बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय
प्रदेश

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले लिए शपथ

बिहीबार, ०६ वैशाख २०८१, २० : ४६
बिहीबार, ०६ वैशाख २०८१

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री दीर्घ सोडारीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

बिहीबार साँझ प्रदेश प्रमुख नजिर मियाँले उनलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नाउपा (रञ्जिता पक्ष), समाजवादी र स्वतन्त्र सांसदको समर्थनमा सोडारी बिहीबार मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।  

नाउपाका (रेशम चौधरी पक्ष) पाँचजना सांसदहरूले सोडारीलाई मुख्यमन्त्रीमा समर्थन नरहेको बताएका छन् । उनीहरुले प्रदेश प्रमुखलाई पत्र बुझाउँदै सोडारीलाई आफ्नो समर्थन नरहेको बताएका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप