खड्का ल्याण्डले भोगचलन गरेको स्काउटको संरचनामा प्रशासनको सिल
काठमाडौँ । काठमाडौंको लैनचौर स्थित खड्का ल्याण्ड डेभलपेमन्ट प्रालिले सम्झौता विपरित भोगचलन गरेको संरचनामा जिल्ला प्रशासन कार्यालय काठमाडौंको टोलीले सिल गरेको छ ।
नेपाली कांग्रेसका सांसद एवम् पूर्व राज्यमन्त्री दीपक खड्काको ‘खड्का ल्याण्ड डेभलपमेन्ट प्रालि’ले भाडा नतिरिकन त्यहाँको भवन भाडामा लगाएर तथा बैंक्वेट पनि स१चालन गर्दै आएको थियो । खड्का ल्याण्डले अवैध तरिकाले भोगचलन गरेको संरचनामा सिल गरिएको उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको सचिवालयले जनाएको छ ।
पूर्वमन्त्री खड्काले आफ्नो कम्पनी मार्फत ३ रोपनी जग्गा भाडामा लिएर १२ रोपनी भोगचलन गर्दै आएका थिए । सम्झौता सकिँदा पनि खड्का ल्याण्डले भाडा समेत नतिरिकन हट्न अटेर गरेको आरोप छ ।
काठमाडौँ महानगरपालिका–२६ स्थित स्काउटको पूर्ण स्वामित्वमा रहेको भवनहरु पनि उनले नै भाडामा लगाएर रकम लिने गरेको बारेमा यसअघि विवाद हुँदै आएको थियो । रातोपाटीले यसबारे यसअघि नै समाचार प्रकाशन गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
झापामा पारिवारिक विवादले लियो श्रीमान्–श्रीमतीकाे ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण