खड्का ल्याण्डले भोगचलन गरेको स्काउटको संरचनामा प्रशासनको सिल

काठमाडौँ । काठमाडौंको लैनचौर स्थित खड्का ल्याण्ड डेभलपेमन्ट प्रालिले सम्झौता विपरित भोगचलन गरेको संरचनामा जिल्ला प्रशासन कार्यालय काठमाडौंको टोलीले सिल गरेको छ ।
नेपाली कांग्रेसका सांसद एवम् पूर्व राज्यमन्त्री दीपक खड्काको ‘खड्का ल्याण्ड डेभलपमेन्ट प्रालि’ले भाडा नतिरिकन त्यहाँको भवन भाडामा लगाएर तथा बैंक्वेट पनि स१चालन गर्दै आएको थियो । खड्का ल्याण्डले अवैध तरिकाले भोगचलन गरेको संरचनामा सिल गरिएको उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको सचिवालयले जनाएको छ ।
पूर्वमन्त्री खड्काले आफ्नो कम्पनी मार्फत ३ रोपनी जग्गा भाडामा लिएर १२ रोपनी भोगचलन गर्दै आएका थिए । सम्झौता सकिँदा पनि खड्का ल्याण्डले भाडा समेत नतिरिकन हट्न अटेर गरेको आरोप छ ।
काठमाडौँ महानगरपालिका–२६ स्थित स्काउटको पूर्ण स्वामित्वमा रहेको भवनहरु पनि उनले नै भाडामा लगाएर रकम लिने गरेको बारेमा यसअघि विवाद हुँदै आएको थियो । रातोपाटीले यसबारे यसअघि नै समाचार प्रकाशन गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
प्ले–अफ चरणमा पुग्न आतुर मुम्बई र जित्नै पर्ने दबाबमा रहेको दिल्ली आपसमा भिड्दै
-
बडागाउँ र वामी जोड्ने झेँदी पुल निर्माण सम्पन्न
-
विश्व स्वास्थ्य सम्मेलनमा स्वास्थ्य मन्त्री पौडेलको सम्बोधन, विश्वव्यापी सहकार्यमा जोड
-
रवि लामिछानेको रिटमा आज सुनुवाइ नहुने
-
साइबर कानुनबारे गाउँका विद्यार्थीलाई पढाउँदै प्रहरी
-
बैंकिङ प्रणालीबाट राष्ट्र बैंकले ५० अर्ब रुपैयाँ उठाउँदै