दुर्घटना
सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना हुँदा ३ जनाको मृत्यु, सात जना गम्भीर
शुक्रबार, ०७ वैशाख २०८१, ०८ : ५८
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको त्रिपुरा सुन्दरी गाउँपालिका–५ धारावतीमा जन्ती बोकेको बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएको सात जनालाई उपचारको लागि सिन्धु अस्पताल पुर्याइएको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी जित बहादुर भण्डारीले रातोपाटीलाई जानकारी दिए ।
दोलखाको भीमेश्वर नगरपालिपका-१ सुस्पाबाट सिन्धुपाल्चोकको त्रिपुरा सुन्दरी गाउँपालिका पिस्करमा जन्ती लिएर आएको बा४ ख ५६१६ नम्बरको बस दुर्घटना दुर्घटनामा परेको हो ।
बसमा ५५ जना सवार रहेकोमा अन्य यात्रु भने सामान्य घाइते भएको भण्डारीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विकासका योजनाहरू समयमै सम्पन्न हुन नसक्नुको कारण खोजौँ : सांसद भण्डारी
-
देशभर इन्टरनेट सेवामा समस्या
-
सत्य निरुपण तथा मेलमिलाप आयोगमा ६३ हजार ७१८ वटा उजुरी, २ हजार २६८ उजुरी तामेलीमा
-
लोकसभा निर्वाचन : किन भइरहेछ कंगना रनौतको पहिरनको चर्चा ?
-
महासमिति बैठकबाट पारित प्रतिवेदन व्यापक हेरफेरको तयारीमा कांग्रेस
-
४८ उपसचिवको सरुवा : को कहाँ पुगे ?