इरानले इजरायलमाथि आक्रमण गरेपछि बढ्यो तेलको भाउ, सुनको मूल्यमा पनि कीर्तिमान
सिंगापुर । विश्व बजारमा कच्चा तेल र बहुमूल्य धातु सुनको भाउ बढेको छ । इरानमाथि इजरायलले आक्रमण गरेको पुष्टि अमेरिकी अधिकारीहरूले गरेपछि विश्वभर तेल र सुनको मूल्य बढेको हो ।
शुक्रबार एसियाली बजारमा बिहानी कारोबारमा कच्चा तेलको मूल्यमा तीन प्रतिशतले बढेर झन्डै ९० डलर आसपास किनबेच भइरहेको थियो । यो समाचार तयार पार्दासम्म नेपाली समयअनुसार बिहान १०ः ५४ बजेतिर ब्रेन्ट क्रुडको भाउ प्रतिब्यारेल २ दशमलव २७ प्रतिशतले बढेर ८८ डलर ८६ सेन्टमा उक्लिएको थियो ।
सोही समयमा यूएस क्रुडको भाउ पनि प्रतिब्यारेल २ दशमलव ३५ प्रतिशतको वृद्धिसहित ८३ डलर ७७ सेन्टमा किनबेच भइरहेको थियो । सुनको भाउ पनि प्रतिऔंस २ हजार ४०० डलर माथि उक्लिएको छ ।
न्यूयोर्क मर्कन्टाइल एक्सचेन्जको कोमेक्स डिभिजनमा स्पट गोल्डको भाउ प्रतिऔंस २ हजार ३८३ डलर ३८ सेन्टमा किनबेच भइरहेको छ । उक्त दिन स्पट गोल्ड अधिकतम २ हजार ४१५ डलर ४६ सेन्टसम्म पुगेको थियो ।
सुनको भाउ यो स्तरमा शुक्रबार पहिलो पटक पुगेको हो । कोेमेक्समा बिहानी कारोबारमा स्थिर प्रायः रहेको सुनको भाउ इजरायलले इरानमाथि आक्रमण गरेको खबर बाहिरिए लगत्तै आकासिन थालेको थियो । सुनलाई अनिश्चयको समयमा सुरक्षित लगानीको रूपमा हेरिन्छ ।
सप्ताहान्तमा इरानले ड्रोन र मिसाइल आक्रमण गरेपछि सोको प्रतिकार इजरायलले कसरी र कहिले गर्ला भनेर लगानीकर्ताहरू कुरिरहेका थिए । मध्यपूर्वमा भड्किँदै गएको द्वन्द्वले त्यहाँबाट हुने तेलको आपूर्तिमा अवरोध सृजना हुने हो कि भनेर लगानीकर्ताहरू चिन्तित छन् ।
तेलको भाउमा हुने उतारचढावको असर विश्वभर अन्य क्षेत्रमा पनि पोखिन सक्नेछ । गएको केही वर्षयता विश्वभर महंगी बढ्नुको मुख्य कारण इन्धन र ऊर्जाको भाउमा भएको वृद्धि हो ।
मध्य पूर्वको बढ्दो तनावका कारण ओमान र इरानबिचको होर्मुज स्ट्रेटबाट हुने ढुवानी अहिले नै प्रभावित भइसकेको छ । यो विश्वको कूल तेल आपूर्तिमध्ये २० प्रतिशत तेल ढुवानी हुने बाटो हो ।
साउदी अरब, इरान, युएई, कुवेत र इराकजस्ता प्रमुख पेट्रोलियम निर्यातकर्ता देशहरूको सङ्गठनका सदस्य देशहरूले बाह्य बजारमा बेच्ने अधिकांश तेल यही बाटो भएर पठाउँछन् । इरान विश्वको सातौँ ठुलो तेल उत्पादक देश हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण