एभरेस्टको फिस मसलामा ‘पेष्टिसाइड’
एजेन्सी । सिंगापुरका अधिकारीहरूले एभरेस्टको फिस करी बजारबाट फिर्ता बोलाउन आदेश जारी गरेका छन् । मसलामा अनुमति दिन मिल्ने सीमाभन्दा बढी इथालिन अक्साइड नामक विषादी भेटिएको भन्दै सो आदेश जारी गरिएको हो ।
सिंगापुरको फूड एजेन्सी (एसएफए)ले बिहीबार जारी विज्ञप्तिमा सिंगापुरमा सो मसला आयात गर्ने कम्पनी एसपी मुथिह एन्ड सन्स प्रालिलाई बजारबाट सारा मसला फिर्ता बोलाउने प्रक्रिया सुरु गर्न निर्देशन दिएको छ ।
इथालिन अक्साइडलाई सिंगापुरमा खानेकुरामा प्रयोग गर्ने अनुमति नदिइएको एसएफएले बताएको छ । थोरै मात्रामा इथालिन अक्साइड भएको खानेकुरालाई खाँदा तत्कालै स्वास्थ्य समस्या नदेखिने भए पनि लामो समयसम्म सेवन गरिरहँदा स्वास्थ्यमा जटिलता आउन सक्ने बताइएको छ ।
यो मसला किनेर घर लगिसकेकाहरूलाई एसएफएले प्रयोग नगर्न भनेको छ । यस मामिलामा मसला बनाउने भारतीय कम्पनी एभरेस्टले कुनै प्रतिक्रिया दिएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण