६२० किमी रेन्ज दिने प्रिमियम ईभी एसयूभी सार्वजनिक, के-के छन् विशेषता ?
काठमाडौँ । नेपालमा विभिन्न ब्रान्डका सवारी साधन बिक्री गर्दै आएको जी मोटर्सले चीनको प्रख्यात ब्रान्ड स्काईवेल प्रिमियम लक्जरी ईभी एसयूभी नेपालमा सार्वजनिक गरेको छ ।
६२० किमी रेन्ज दिने, ५ स्टार सेफ्टी रेटिङ्ग प्राप्त रियल इभी एसयूभी एक समारोह सार्वजनिक गरिएको हो । यस्तै भक्तपुरको राधेराधेस्थित जी स्काईवेल शोरुमको समुद्घाटन साथै ९ थान गाडी पनि ग्राहक माझ डेलिभरी गरेको छ ।
उक्त समारोहमा नेपालस्थित चिनियाँ दूतावासका ईकोनोमिक एन्ड कमर्शियल कन्सुलर सि यु, स्काईवेल न्यु ईनर्जी भेहिकलका चिनियाँ प्रतिनिधि थोमस जु र जी मोटर्सअध्यक्ष दुर्गा प्रसाद गेलालबाट संयुक्त रुपमा शोरुमको समुदघाटन गरी गाडीको सार्वजनिक गरिएको थियो ।

नाडाबाट औपचारिक बुकिङ एवम् ब्रान्डको बिक्री सुरुवात गरेको जी मोटर्सले छोटो समयमा स्काईवेलको प्रिमियम एवम् नेपाल मै सबैभन्दा धेरै रेन्ज दिने ६२० किमीको दुरी एक सिङ्गल चार्जमा तय गर्ने र १५० किलोवाट आवरको ब्याट्री प्याकले ग्राह्कलाई सोचे भन्दा आरामदायी यात्रा तय गराउने कम्पनीको भनाइ छ । सो गाडीमा १ बर्षको नि:शुल्क बिमा, सडक कर, एक्सचेन्ज सुविधामा आकर्षक बोनस र विशेष छुट सुविधा वैशाख महिना भरी रहेको कम्पनी प्रबन्ध निर्देशक कैलाश बाबु गेलालले जानकारी गराए ।
विद्युतीय सवारी प्रति उपभोक्ताको बढ्दो चाहनालाई सम्बोधन गर्न कम्पनीले प्रिमियम ब्रान्डको विद्युतीय एसयूभी ल्याएको हो । स्काइवेलका विद्युतीय सवारी जर्मनी, इजरायल, टर्की र रसिया लगायत ५८ भन्दा बढी देशमा बिक्री हुँदै आएको छ ।

गाडीका विशेषताहरू
• ८६ किलोवाट आवरको ब्याट्री प्याक (लिथियम टर्नोटरी)
• १५० किलोवाट मोटर क्यापासिटी
• CNACP- 5 Star Safety
• ६२० किमी रेन्ज फर्स्ट टाईम इन नेपाल
• अटो पार्किङ्ग
• मेट्रीक्स लेजर हेडलाईट
• मोसन सेन्सर बेस्ड रियर टेलगेट ओपनर
• फुल साईज प्यानारोमिक सनरुफ र मुनरुफ
• लक्जरी 2 level foldable rear seats
यो गाडीको नेपाली बजार मूल्य रु. १ करोड ९ लाख रहेको कम्पनीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयोजना निर्माणमा प्रक्रियागत झन्झट अन्त्य गर्ने नयाँ रणनीतिः १० वर्षका लागि ‘सनसेट कानुन’ ल्याइँदै
-
बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान
-
रवि फर्किएपछि परराष्ट्रमन्त्री खनाल भारत जाने
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण