शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

६२० किमी रेन्ज दिने प्रिमियम ईभी एसयूभी सार्वजनिक, के-के छन् विशेषता ?

शुक्रबार, ०७ वैशाख २०८१, १८ : ४५
शुक्रबार, ०७ वैशाख २०८१

काठमाडौँ ।   नेपालमा विभिन्न ब्रान्डका सवारी साधन बिक्री गर्दै आएको  जी मोटर्सले चीनको प्रख्यात ब्रान्ड स्काईवेल प्रिमियम लक्जरी ईभी एसयूभी नेपालमा सार्वजनिक गरेको छ ।

६२० किमी रेन्ज दिने, ५ स्टार सेफ्टी रेटिङ्ग प्राप्त रियल इभी एसयूभी एक समारोह सार्वजनिक गरिएको हो ।  यस्तै भक्तपुरको राधेराधेस्थित जी स्काईवेल शोरुमको समुद्घाटन साथै ९ थान गाडी पनि ग्राहक माझ डेलिभरी गरेको छ ।  

उक्त समारोहमा नेपालस्थित चिनियाँ दूतावासका ईकोनोमिक एन्ड कमर्शियल कन्सुलर सि यु,  स्काईवेल न्यु ईनर्जी भेहिकलका चिनियाँ प्रतिनिधि थोमस जु र जी मोटर्सअध्यक्ष दुर्गा प्रसाद गेलालबाट संयुक्त रुपमा शोरुमको समुदघाटन गरी गाडीको सार्वजनिक गरिएको थियो ।

1526b76b-21e7-4d40-b238-536e6792cac6

नाडाबाट औपचारिक बुकिङ एवम् ब्रान्डको बिक्री सुरुवात गरेको जी मोटर्सले छोटो समयमा स्काईवेलको प्रिमियम एवम् नेपाल मै सबैभन्दा धेरै रेन्ज दिने ६२० किमीको दुरी एक सिङ्गल चार्जमा तय गर्ने र १५० किलोवाट आवरको ब्याट्री प्याकले ग्राह्कलाई सोचे भन्दा आरामदायी यात्रा तय गराउने कम्पनीको भनाइ छ ।  सो गाडीमा १ बर्षको नि:शुल्क बिमा, सडक कर, एक्सचेन्ज सुविधामा आकर्षक बोनस र विशेष छुट सुविधा वैशाख महिना भरी रहेको कम्पनी प्रबन्ध निर्देशक कैलाश बाबु गेलालले जानकारी गराए ।

विद्युतीय सवारी प्रति उपभोक्ताको बढ्दो चाहनालाई सम्बोधन गर्न कम्पनीले प्रिमियम ब्रान्डको विद्युतीय एसयूभी ल्याएको हो । स्काइवेलका विद्युतीय सवारी जर्मनी, इजरायल, टर्की र रसिया लगायत  ५८ भन्दा बढी देशमा बिक्री हुँदै आएको छ । 

ae78224b-d24a-45a7-b67a-00b9622dc731

गाडीका विशेषताहरू

• ८६ किलोवाट आवरको ब्याट्री प्याक (लिथियम टर्नोटरी)

• १५० किलोवाट मोटर क्यापासिटी

• CNACP- 5 Star Safety 

• ६२० किमी रेन्ज फर्स्ट टाईम इन नेपाल  

• अटो पार्किङ्ग

• मेट्रीक्स लेजर हेडलाईट

• मोसन सेन्सर बेस्ड रियर टेलगेट ओपनर  

• फुल साईज प्यानारोमिक सनरुफ र मुनरुफ

• लक्जरी  2 level foldable rear seats

यो गाडीको नेपाली बजार मूल्य रु. १ करोड ९ लाख रहेको कम्पनीले जनाएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप