शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

एसीसी प्रिमियर कप : तेस्रो स्थानका लागि नेपाल र हङकङ भिड्दै

शनिबार, ०८ वैशाख २०८१, ०८ : ४७
शनिबार, ०८ वैशाख २०८१

काठमाडौँ । एसीसी प्रिमियर कप टी–२० क्रिकेट प्रतियोगितामा तेस्रो स्थानका लागि नेपालले आज हङकङसँग प्रतिस्पर्धा गर्दै छ । उक्त खेल नेपाली समयअनुसार अपराह्न सवा चार बजेदेखि सुरु हुनेछ । 

शुक्रबार सेमिफाइनलमा यूएईसँग ६ विकेटले पराजित नेपालले आज तेस्रो स्थानका लागि हङकङसँग प्रतिस्पर्धा गर्ने छ । 

नेपालले समूह चरणमा मलेसियालाई ५ विकेट, कतारलाई ३२ रन, हङकङलाई ८ विकेट र साउदी अरबलाई ६ विकेटले हराउँदै सेमिफाइनल पुगेको थियो । यूएईले कुवेतलाई ७ विकेट, बहराइनलाई ३७ रन र कम्बोडियालाई ९ विकेटले हरायो । तर, ओमानसँग ९ विकेटको पराजय सामना गरेको युईले सेमिफाइनलमा नेपाललाई पराजित फाइनलमा पुग्यो । 

गत वर्ष यूएईलाई हराएर एसिया कप खेलेको नेपालले यो पटक समूह चरणकासबै खेल जितेर पनि सेमिफाइनलमा यूएईसँगै स्तब्ध बन्यो । शुक्रबार सेमिफाइनलको हारसँगै नेपालले आगामी वर्ष आयोजना हुने एसीसी एसिया कप खेल्ने सम्भावनाको ढोका बन्द भएको छ । 

यस्तै, शुक्रबार राति खेलिएको अर्को सेमिफाइनलमा आयोजक ओमानले हङकङलाई ५ विकेटले पराजित गर्दै युएईसँगको भेट पक्का गरेको हो ।  आइतबार ओमान र यूएईबिच फाइनल खेल हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप