एसीसी प्रिमियर कप : तेस्रो स्थानका लागि नेपाल र हङकङ भिड्दै
काठमाडौँ । एसीसी प्रिमियर कप टी–२० क्रिकेट प्रतियोगितामा तेस्रो स्थानका लागि नेपालले आज हङकङसँग प्रतिस्पर्धा गर्दै छ । उक्त खेल नेपाली समयअनुसार अपराह्न सवा चार बजेदेखि सुरु हुनेछ ।
शुक्रबार सेमिफाइनलमा यूएईसँग ६ विकेटले पराजित नेपालले आज तेस्रो स्थानका लागि हङकङसँग प्रतिस्पर्धा गर्ने छ ।
नेपालले समूह चरणमा मलेसियालाई ५ विकेट, कतारलाई ३२ रन, हङकङलाई ८ विकेट र साउदी अरबलाई ६ विकेटले हराउँदै सेमिफाइनल पुगेको थियो । यूएईले कुवेतलाई ७ विकेट, बहराइनलाई ३७ रन र कम्बोडियालाई ९ विकेटले हरायो । तर, ओमानसँग ९ विकेटको पराजय सामना गरेको युईले सेमिफाइनलमा नेपाललाई पराजित फाइनलमा पुग्यो ।
गत वर्ष यूएईलाई हराएर एसिया कप खेलेको नेपालले यो पटक समूह चरणकासबै खेल जितेर पनि सेमिफाइनलमा यूएईसँगै स्तब्ध बन्यो । शुक्रबार सेमिफाइनलको हारसँगै नेपालले आगामी वर्ष आयोजना हुने एसीसी एसिया कप खेल्ने सम्भावनाको ढोका बन्द भएको छ ।
यस्तै, शुक्रबार राति खेलिएको अर्को सेमिफाइनलमा आयोजक ओमानले हङकङलाई ५ विकेटले पराजित गर्दै युएईसँगको भेट पक्का गरेको हो । आइतबार ओमान र यूएईबिच फाइनल खेल हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण