शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

वीरगञ्ज भन्सारद्वारा आठ महिनामा  एक खर्ब १४ अर्ब राजस्व सङ्कलन

शनिबार, ०८ वैशाख २०८१, १४ : १०
शनिबार, ०८ वैशाख २०८१

पर्सा । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको हालसम्ममा रु एक खर्बभन्दा बढी राजस्व सङ्कलन गर्न सफल भएको छ । चालु आर्थिक वर्षको साउनदेखि चैतसम्ममा कार्यालयले रु एक खर्ब १४ अर्ब १६ करोड राजस्व सङ्कलन गर्न सफल भएको हो । चालु आवको नौ महिनाका लागि भन्सार विभागले रु एक खर्ब ८१ अर्ब ९९ करोडको लक्ष्य निर्धारण गरेको थियो । 

कार्यालयले लक्ष्यभन्दा रु ६७ अर्ब ८२ करोड कम राजस्व सङ्कलन गरेको छ । विश्व आर्थिक मन्दीको प्रभावले राजस्वको लक्ष्य हासिल गर्न नसकिएको वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी प्रकाश सुवेदीले जानकारी दिए । उनले सवारी साधन तथा इन्धनको आयातमा आएको कमीले राजस्व सङ्कलनलाई प्रभावित गरेको बताए ।

गत आवको तुलनामा चालु आवभित्र कारोबारमा केही सुधार देखिए पनि कोरोनाकाल अगाडिको अवस्थामा फर्किन नसकेको अधिकृत सुवेदीले जानकारी दिए । उनले गत आवको नौ महिनाका लागि विभागले दिएको लक्ष्याको तुलनामा ६० प्रतिशत मात्र राजस्व सङ्कलन भएको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप