शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

कम्युनिस्ट पार्टीमा आलोचनात्मक विचारलाई रोक लगाइयो : राम कार्की

शनिबार, ०८ वैशाख २०८१, १९ : ५९
शनिबार, ०८ वैशाख २०८१

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का नेता राम कार्कीले सबै कम्युनिस्ट पार्टीहरूमा आलोचनात्मक विचार रोक लगाएको बताएका छन् । शनिबार राजधानीको संवाद डबलीमा ‘प्रगतिशील रूपान्तरण अभियान’ ले आयोजना गरेको सो कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । 

‘कसैले रचनात्मक टिप्पणी गरे उसको भविष्य भोलिबाटै सकिन्छ, जसले भक्ति गान गायो उसैको भलो हुन्छ, पार्टी, जनता भडमा जाओस् । तर सही र गलतबिच लडाइँ चलिरहन्छ आशा गरौँ, कुनै दिन कम्युनिस्टहरूमा आलोचनात्मक टिप्पणी संस्थागत हुनेछन्, सिद्धान्तको रक्षा हुनेछ” कार्कीले भने ।

नागरिक अगुवा श्याम श्रेष्ठले कम्युनिस्टहरूले आधारभूत इमानदारितालाई नै त्यागेर सत्ता स्वार्थमा चुर्लुम्म हुँदा विगतको सङ्घर्षका उपलब्धिहरू पनि गुम्न लागेको बताए । आफूहरूले विचलनलाई रोक्न नयाँ अभियान चलाउन लागेको जानकारी समेत दिए ।

कम्युनिस्टहरूमा सबैभन्दा बढी अवसरवाद मौलाएको बताउँदै श्रेष्ठले भने, ‘हिजो चप्पलेहरु एकाएक महले बन्ने र जनताको अवस्था ज्यूँकात्यूँ बनेपछि यसलाई पथ विचलन मात्रै हैन पथ भ्रष्ट भएन र भन्या । जनवादी केन्द्रीयता भने पनि हनुमाने प्रवृत्ति मौलाउनु, देश, वर्ग र पार्टीप्रति प्रतिबद्धभन्दा अवसरमुखी हुनु आजको मुख्य समस्या हो ।’

वैज्ञानिक समाजवादी पार्टी, नेपालकाका संयोजक विश्वभक्त दुलाल ‘आहुति’ ले कम्युनिस्टहरूले जुन व्यवस्थाको विरोध गर्दै सत्तामा पुग्छन् त्यसैको मतियार हुने गरेको बताए । उनले भने, ‘दलाल पुँजीवादी व्यवस्थाको सत्तोसराप गर्छन्, सत्तामा गएर, त्यही मान्छे त्यही व्यवस्थाको दलाल बन्छन् अनि कहाँबाट आउँछ समाजवादी व्यवस्था, जनताले तिनलाई कसरी पत्याई दिने ।’

कम्युनिस्ट सिद्धान्त र नेपाली समाज उत्पादन संयन्त्र परिवर्तन नभएसम्म परिवर्तन नहुने आहुतिको दाबी छ । त्यसैगरी डा.महेश मास्केले नेपाली कम्युनिस्टको विचार र व्यवहारमा तालमेल नभएको बताए । उनले कम्युनिस्टहरू शक्तिमा आउँदा पनि एकजुट हुन नसकेको बताउँदै उत्पादन र वितरणमा कम्युनिस्टहरू चुकेको बताए । अन्तरक्रिया कार्यक्रम डा.शरद वन्तले सञ्चालन गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप