ट्राभिस हेडको विस्फोटक व्याटिङमा हैदरावादको शानदार जित
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) मा विष्फोटक ब्याटिङ गरेको सनराईजर्स हैदरावादले दिल्ली क्यापिटल्स माथि ६७ रनको शानदार जित निकालेको छ । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हैदरावादले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय ६६ रनको चौथो ठूलो योगफल खडा गरेको थियो ।
जारी आइपिएल इतिहासमा पहिलो धेरै रन बनाउने टोली पनि हैदरावाद नै हो । पावर प्लेको ६ ओभरमा १ सय २५ रन बनाएको हैदरावादका लागि ओपनर द्वय ट्राभिस हेड र अभिषेक शर्माले विष्फोटक सुरुवात गरे ।
३२ बलको सामना गरेका हेडले ११ चौका र ६ छक्का सहित सर्वाधिक ८९ रनको पारि खेले भने १२बलको सामना गरेका शर्माले २ चौका र ६ छक्का प्रहार गर्दै ४६ रनको योगदान गरे । यस्तै शाहवाज अहमदले नटआउट ५९ रन, नितिश रेड्डीले ३७ रनको योगदान गरे ।
दिल्लीका लागि कुलदीप यादवले सर्वाधिक ४ विकेट, मुकेश कुमार र अक्षर पटेलले समान १ विकेट लिएका थिए । जवाफी ब्याटिङ गरेको दिल्ली भने १९ दशमलव १ ओभरमा अलआउट भयो । विशाल रनको लक्ष्य पछ्याएको दिल्लीले १ सय ९९ रन मात्र बनायो ।
दिल्लीका लागि जेल फ्रेजर मक्गर्कले सर्वाधिक ६५ रनको पारी खेले । कप्तान ऋषभ पन्तले ४४ रन बनाएर आउट हुँदा अभिषेक पोरेलले ४२ रन जोडे । हैदरावादको लागि थांगासु नटराजनले ४ ओभरमा १ मेडन सहित १९ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । मयंक मार्कण्डे र नितिश रेड्डीले पनि समान २–२ विकेट लिए।
हैदरावाद ७ खेलमा ५ जितसहित १० अंक बटुल्दै दोस्रो स्थानमा उक्लिएको छ भने दिल्ली सातौँ स्थानमा छ । आईपिएलमा आज २ खेल हुँदैछन् । दिउँसो पौने ४ मा कोलकता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बेंगलूरु तथा बेलुका पौने ८ बजे पञ्जाब किंग्स र गुजरात टाईटन्सबीच प्रतिस्पर्धा हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेश सरकार र ६ पालिकाबिच नवप्रवर्द्धन साझेदारीमा सम्झौता
-
आवेदन खुलाएको झन्डै एक वर्षपछि विशिष्ट संरचना सञ्चालन विकास समितिको कार्यकारी निर्देशकमा तीन जनाको नाम सिफारिस
-
रविलाई भारतले दिएको सम्मान जनमतको सम्मान हो : महामन्त्री बुर्लाकोटी
-
स्वास्थ्यका विभिन्न निकायमा पदाधिकारी र सदस्य नियुक्ति प्रक्रिया स्थगित
-
५८ करोड भ्रष्टाचार मुद्दामा बागमतीकी उपमेयरलाई साधारण तारेखमा राख्न आदेश
-
कांग्रेसले क्रियाशील सदस्यता व्यवस्थापनका लागि तोक्यो सम्पर्क व्यक्तिहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण