आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

राजस्थानमा विवाहबाट फर्किइरहेका नौ जनाको सडक दुर्घटनामा मृत्यु

आइतबार, ०९ वैशाख २०८१, १० : ३३
आइतबार, ०९ वैशाख २०८१

काठमाडौँ । भारतको राजस्थानको झालावार जिल्लामा आज बिहान ट्रकसँग कार ठोक्किँदा विवाहबाट फर्केका नौ जनाको मृत्यु भएको  छ । दुर्घटना एकलेरा गाउँ नजिकै बिहान २ः४५ बजे भएको थियो । 

भोपालको डुङ्गरी गाउँमा विवाहबाट फर्कँदै गर्दा दुर्घटना भएको झालावारका प्रहरी उपरीक्षक ऋचा तोमरले जानकारी दिएकी छन् । दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो भने अन्य सात जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको थियो । 

दुर्घटनामा एक जना गम्भीर घाइते भएकालाई झालावारको सरकारी अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप