अख्तियारको एक्सन
विकल पौडेलविरुद्ध अख्तियारद्वारा अर्को मुद्दा दायर
आइतबार, ०९ वैशाख २०८१, १४ : ०९
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रका निलम्बित कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध विशेष अदालतमा अर्को मुद्दा दायर गरेको छ । अख्तियारले पौडेलविरुद्ध अमेरिकाको पीआर लिएर पनि सरकारी सेवा सुविधा लिएको आरोपमा आइतबार मुद्दा दायर गरेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।
‘विदेशी मुलुकको स्थायी बसोबास अनुमति प्राप्त व्यक्ति भए पनि नेपालमा राष्ट्र सेवकको ओहदामा लाभ र सुविधा लिएको अभियोगमा अख्तियारले पौडेलविरुद्ध मुद्दा दर्ता गरेको हो’, अख्तियारका अधिकारीको भनाइ छ ।
अख्तियारले यसभन्दा पहिला पनि पावर सेक्युरिटी प्रिन्टिङ प्रेस र प्रेसराइज्ड फ्युल स्टोरेज ट्याङ्कको खरिदमा अनियमितता गरेको आरोपमा २ अर्ब ६९ करोडको मुद्दा हालेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिजबुल्लाहले आक्रमण रोकेमा युद्धविराम लागू गर्न इजरायल र लेबनान सहमत
-
लेबनानमा युद्ध नरोकेसम्म इरानसँगको युद्ध अन्त्य हुँदैन: इरानी विदेशमन्त्री अराघची
-
इरान युद्ध रोक्न अमेरिकी प्रतिनिधिसभाको प्रस्ताव पारित, ट्रम्पलाई झट्का
-
एम्बुलेन्स र मिनी ट्रक ठोक्किँदा सात जना घाइते
-
बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
कोरला नाकाबाट भित्रिएका ७५० विद्युतीय गाडी नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण