एक पटकमा २३५ जना बोक्न सक्ने विश्वको सबैभन्दा ठुलो लिफ्ट
मुम्बई । यो एलिभेटको आकार स्टुडियो अपार्टमेन्ट जत्रै छ । एक पटकमा १६ टनसम्म तौल बोक्ने यो विश्वको सबैभन्दा ठुलो एलिभेटर हो ।
सन् २०२२ मा फिनिश एलिभेटर निर्माता कम्पनी कोनले भारतको मुम्बईस्थित जियो वर्ल्ड सेन्टरमा यो एलिभेटर जडान गरेको थियो । उक्त भवनमा रहेको कन्भेन्शन सेन्टरमा विवाह वा प्रदर्शनी हुँदा एकै पटकमा धेरै जनालाई बोक्न भनेर यो एलिभेटर बनाइएको हो । यो क्षेत्रफल २५ दशमलव ७८ वर्गमिटरको छ ।
यसमा सिसाको चार प्यानल ढोका छ । भित्ताहरू पनि पारदर्शी सिसाकै छन् । एलिभेटर पाँच तलासम्म छ । यसभित्र यात्रीहरुलाई आरामका लागि दुई ओटा सोफा पनि राखिएको छ । सोफा प्रतिसेकेन्ड एक मिटरको गतिमा चल्छ ।
यो एलिभेटर बनाउन कति खर्च लाग्यो भनेर कोनले केही पनि बताएको छैन । तर यो एलिभेटर भारतीय खर्बपति व्यापारी मुकेश अम्बानीको कम्पनी रिलायन्स इन्डष्ट्रिले बनाउन लगाएकोले सस्तो त पक्कै नहोला ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दोस्रो हाफको सरुवातमै जमाल मुसियालाको गोल, जर्मनी ४–१ ले अघि
-
फिफा विश्वकप २०२६ः जर्मनी ४–१ ले अघि
-
हप्ता भरी काम गरेर म बिदाको दिन जिस्किन्छु, यो समस्या हैन: प्रधानमन्त्री बालेन्द्र शाह
-
काइ हाभर्ट्जको पेनाल्टी गोल, पहिलो हाफमा जर्मनी ३–१ ले अघि
-
स्लोटरबेकको गोलमा जर्मनीले लियो २–१ को अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण