बोर्ड सदस्य नियुक्तिमा मेरो कुनै भूमिका छैन : पर्यटन मन्त्री तामाङ
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले नेपाल पर्यटन बोर्डको तीन जना सदस्य नियुक्तिमा आफ्नो कुनै भूमिका नभएको बताएका छन् ।
मन्त्री नियुक्त भएसँगै पहिलो पटक पत्रकारहरूसँग छलफलमा बसेका मन्त्री तामाङले आफू आउनु अगाडि नै बोर्ड सदस्यका लागि क्याबिनेटले सदस्य छनोट तथा सिफारिस समिति गठन गरेको र सोही समितिको सिफारिसको आधारमा छनोट भएको बताए ।
‘पर्यटन बोर्डको नवनियुक्त तीन जना सदस्य नै माओवादी निकट भयो, सदस्य छनोटमा विभागीय मन्त्रीको भूमिका रह्यो भन्नेमा कुनै सत्यता छैन’, मन्त्री तामाङले भने, ‘म आउनु अघिनै छनोट समिति बनिसकेको थियो र समितिले ५ जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गरेको हो । संयोग म आएपछि बोर्ड सदस्य छनोट गरिएको । तर, यसमा मेरो भूमिका थियो भन्ने होइन ।’
मन्त्रिपरिषद्ले छनोट तथा सिफारिस समिति गठन गरेको र सोही अनुसार मन्त्रिपरिषद्ले सदस्य छनोट गरिएकाले यसमा कुनै दुबिधा राख्नु नपर्ने उनले बताए ।
यसैगरी बोर्डको रिक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) छनोटका लागि पनि छनोट तथा सिफारिस समिति गठन गरिसकेकाले निष्पक्ष रूपमा योग्य र सक्षम सीईओ छनोट हुने मन्त्रालयका सचिव डा.दीपक काफ्लेले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण