सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

युवा चिकित्सकको व्यवस्थापनमा सिल्भर लाइन अस्पतालको रिब्रान्डिङ

बिरामीलाई निःशुल्क खानादेखि अनेक प्याकेज
सोमबार, १० वैशाख २०८१

काठमाडौँ  । विगतमा फरक व्यवस्थापन र नाममा सञ्चालन हुँदै आएको बालाजुको सिल्भर लाइन अस्पताल हाल रिब्रान्डिङको क्रममा छ । काठमाडौँका निजी अस्पतालहरूमध्ये ‘सस्तो’ भनिएको यो अस्पताल बालाजु औद्योगिक क्षेत्रसँगै जोडिएको फराकिलो क्षेत्रमा फैलिएको छ । विगतमा जनमैत्री अस्पतालको नाममा रहेको र बन्द रहेको यो अस्पतालको नाम तब फेरियो जब विगत पाँच महिनादेखि नयाँ व्यवस्थापनले यसलाई पुनःसंचालनमा ल्यायो । 

डा.अभिषेक राज सिंह र डाक्टर अनिमेष जोशीको व्यवस्थापनमा अस्पताल चलिरहेको छ । चिकित्सकलाई नै व्यवस्थापन बनाएर चलाइएको यो अस्पताल अहिले अनेक नयाँ नयाँ सुविधासाथ बिरामीको उपचारमा सक्रिय छ ।  

silverline Hospital pic

डा. सिंह अस्पतालका म्यानेजर हुन् भने डाक्टर जोशी मेडिकल डाइरेक्टर तथा कन्सल्ट्यान्ट अर्थोपेडिक एण्ड ट्रमा सर्जन हुन् । सिल्भर लाइनलाई गैरनाफामुलक अस्पतालका रूपमा सञ्चालन गरिएकाले पैसा नभएकै कारण कसैलाई उपचारबाट वञ्चित नगराइने अस्पतालका म्यानेजर डा. सिंह बताउँछन् ।

‘गरिबहरूलाई उपचारका लागि सहुलियतको विशेष व्यवस्था छ’ उनले रातोपाटीसँग भने ।

  • नेपालमै रमाउने डाक्टर

नेपालको दक्ष जनशक्ति सम्भावना र अवसरको खोजीमा विदेश पलायन हुने क्रम दिनप्रतिदिन बढ्दो छ । यो बेला डा. सिंह–जोशी भने आशावादी देखिन्छन् । स्वदेशमै सम्भावना खोज्नुपर्छ, देशकै सेवा गर्नुपर्छ भन्ने मान्यतामा व्यवस्थापन समूह अडिग छ । 

पैसा भन्दा खुसीलाई बढी महत्त्व दिने जोशीको विचारमा नेपालमा प्रशस्त सम्भावनाहरू छन् । 

तब त डाक्टरका रूपमा नेपालमा बसेर काम गर्न पाउँदा उनी अत्यन्त खुसी छन् । बेलायत र थाइल्यान्डमा बसेर काम गर्ने अवसर पाए पनि स्वदेश फर्किएका उनमा देश प्रेमको भावना छ । कामकै लागि विदेश जानेबारे सोचेका छैनन् । ‘सबै युवा विदेश गए भने यहाँ कसले काम गर्ने ?’ डाक्टर जोशी भन्छन्, ‘मेरो विदेश जाने योजना कहिल्यै पनि छैन । नेपालीकै सेवामा खटिन पाउँदा म एकदमै खुसी छु ।’

429758067_422697933465155_7700998029892205102_n

हाल सिल्भर लाइनले २ सय जनालाई रोजगारी प्रदान गरेको छ । नेपाल सरकारले तोकेको मापदण्ड अनुसार समयमै तलब दिलाउने प्रतिबद्धता व्यवस्थापनको छ ।

‘हामीले अस्पताललाई नयाँ रूपमा सञ्चालन गरिरहेका छौँ’ डा.सिंह भन्छन्, ‘नयाँ व्यवस्थापन आएपछि अस्पतालले राम्रो गति लिएको छ ।’

  • सस्तोमा गुणस्तरीय स्वास्थ्य सेवा

सस्तो मूल्यमा सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नु सिल्भर लाइन अस्पतालको उद्देश्य हो । आम नागरिकको पहुँचमा सर्वसुलभ रूपमा स्वास्थ्य सेवा पुगोस् भन्ने व्यवस्थापनको लक्ष्य छ । हाल १ सय बेडको सुविधा छ । यहाँ अत्यन्त आधुनिक उपकरणहरू छन् ।  

  • के–के छन् सुविधाहरू ?

सिल्भर लाइन अस्पतालमा ट्रमाको ठुलो टिम छ । यहाँ हड्डीको जस्तोसुकै अपरेसन गरिन्छ । हाड जोर्नीसँग सम्बन्धित हरेक किसिमका रोगको उपचार गरिन्छ । घुँडा फेर्ने, जोर्नी फेर्ने कामका साथै गम्भीर प्रकार शल्यक्रिया गरिन्छ । हड्डीबाहेक न्युरो, जनरल सर्जरी, किड्नीको पत्थरीको अप्रेसन, स्त्री रोग, दाँत, आँखा र कान लगायत अन्य विभिन्न रोगको उपचार प्रदान गरिन्छ । डा. जोशीका अनुसार अस्पतालमा सिटी स्क्यान चाँडै आउँदै छ । लेजर थेरापीबाट उपचार गर्ने उपकरण अबको दुई हप्तामा भित्रिँदै छ ।

बिरामीलाई खाना निःशुल्क, पैसाकै अभावका कारण फर्किनु नपर्ने सिल्भर लाइन अस्पतालमा क्याबिन र वार्डमा बस्ने बिरामीलाई बिहान र बेलुका खाना निःशुल्क प्रदान गरिन्छ । यस्तै पैसाकै अभावका कारण कोही पनि बिरामी फर्किनु नपरेको व्यवस्थापनले बताएको छ । काठमाडौँ उपत्यकाभरिका निजी अस्पतालमध्ये यो सस्तो अस्पताल भएको व्यवस्थापनले दाबी गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया