शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

मोटरसाइकल दुर्घटनामा श्रीमान्-श्रीमतीको मृत्यु

मङ्गलबार, ११ वैशाख २०८१, ०६ : ३०
मङ्गलबार, ११ वैशाख २०८१

महोत्तरी । बर्दिबास नगरपालिका-३ कालापानी जंगलस्थित सडकमा मोटरसाइकल अनियन्त्रित भई सोमबार दिउँसो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बा.प्र.०२-०४३ प ७१८४ नम्बरको मोटरसाइकलका चालक सर्लाही ईश्वरपुर नगरपालिका-५ बस्ने ३५ वर्षीय मनोज चौधरी र मोटरसाइकलमा सवार उनकै श्रीमती २४ वर्षीया शिवानी चौधरीको मृत्यु भएको हो । 

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको उपचारको लागि बर्दिबासस्थित जनसेवा अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप