नेपालसँग टी–२० क्रिकेट सिरिजमा खेल्ने वेस्ट इन्डिजको टोली घोषणा
काठमाडौँ । नेपालसँगको टी–२० क्रिकेटका लागि वेस्ट इन्डिजले टोली घोषणा गरेको छ । अप्रिल २५ देखि सुरु हुन लागेको सिरिजका लागि वेस्ट इन्डिजको ‘ए’ टिमले नेपालको भ्रमण गर्न लागेको हो ।
आईसीसी टी २० विश्वकपको तयारीमा रहेका दुवै टिमलाई यो सिरिजले महत्त्वपूर्ण फाइदा पुग्ने विश्वास गरिएको छ । वेस्ट इन्डिजले नेपालविरुद्धका सिरिजका लागि अनुभवी खेलाडीहरूलाई मौका दिएको छ । कप्तानको रूपमा अनुभवी रोस्टन चेस रहेका छन् भने उप–कप्तानको जिम्मेवारीमा एलिक एथानाजे रहेका छन् ।
रोस्टन चेसले ए टिमको पहिलो पटक कप्तानको जिम्मेवारी सम्हाल्नेछन् । चेसले सन् २०२१ मा टी २० आइमा डेब्यु गरेका थिए । बंगलादेशविरुद्धको खेल उत्कृष्ट रहेको थियो ।
टोलीमा को–को छन् ?
रोस्टन चेस (कप्तान), एलिक एथानाजे (उप–कप्तान), फेबियन एलेन, कादिम एलीने, जोशुआ बिशप,
केसी कार्टी, जोनसन चाल्र्स, मार्क देयल, आन्द्रे फ्लेचर, म्याथ्यू फोर्ड, ओबेद म्याकवे, गुडाकेश मोती,
किमो पल, ओशाने थोमस, हेडेन वाल्स, कोचिङ स्टाफ,
मुख्य प्रशिक्षक: फ्लोयड रेफर
सहायक कोच: रेयन ग्रिफिथ
फिजियोथेरापिस्टः नील ब्यारी
शक्ति र कन्डिसन कोच: शेन कूपर
टोली प्रबन्धक र विश्लेषक: अवनेश सीताराम
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण