शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

कतारी राजा शेखको डिनर सोल्टीमा, लन्च द्वारिकामा

यस्तो छ दुई दिनको कार्यतालिका
मङ्गलबार, ११ वैशाख २०८१, १२ : २१
मङ्गलबार, ११ वैशाख २०८१

काठमाडौँ । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी मंगलबार साढे चार बजे नेपाल आइपुग्ने कार्यक्रम छ ।

हाल बङ्गलादेशको भ्रमणमा रहेका अमिर त्यहीबाट काठमाडौँ अवतरण हुन लागेका हुन् ।  अमिरले नेपाल आएलगत्तै साँझ राष्ट्रपति रामचन्द्र पौडेलसँग उनको निवासमा भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रपति पौडेलसँग भेटघाट गरी अमिर शेख सोल्टी होटेल पुग्ने कार्यक्रम रहेको छ । सोल्टी होटेलमा विभिन्न भेटघाट हुनुका राष्ट्रपति पौडेलले उनको सम्मान रात्रिभोज (डिनर)को आयोजना गरेका छन् ।  

सो रात्रिभोजम नेपालका मन्त्री, नेता, व्यापारीहरु पनि सहभागी हुने बताइएको छ ।

बुधवार १०ः३० बजे प्रधानमन्त्री प्रचण्डसँग द्वारिका होटेलमा भेटघाटको कार्यक्रम तय भएको छ । त्यहाँ दुई पक्षीय वार्ता हुनुको साथै केही सम्झौता पत्रमा हस्ताक्षर हुने पनि बताइएको छ । प्रधानमन्त्री प्रचण्डले अमिर शेखको नाममा त्यहाँ दिवा भोजको आयोजना गर्ने कार्यक्रम रहेको छ ।

अमिर शेख बुधवार साढे दुई बजे फर्किने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप