दैलेखमा बँदेलको आक्रमणबाट ७ जना घाइते
मङ्गलबार, ११ वैशाख २०८१, १५ : ५५
सुर्खेत । दैलेखको भैरवी गाउँपालिकामा बँदेलको आक्रमणबाट ७ जना घाइते भएका छन् ।
घाइते हुनेमा भैरवी गाउँपालिका–६, गणेश सिजाली, लछुमन पुन मगर, रत्न बहादुर बराल, तर्क बहादुर पुन मगर, पूर्ण सिजाली, जय बहादुर थापा मगर र तिलक पौडेल रहेका छन् ।
मंगलबार बिहान ११ बजेतिर जंगलबाट गाउँ पसेको बँदेलले मान्छेलाई आक्रमण गरेको वडाध्यक्ष तुलबहादुर हमालले बताए ।
‘जंगलबाट एक्कासि मात्तिएर गाउँ पसेको थियो । गणेश सिजालीको घरको आँगनमा सबै जना बसिरहेका रहेछन्, आक्रमण गर्यो,’ उनले भने, ‘गणेशजीको अवस्था निकै गम्भीर रहेको भनिएको छ ।’
घाइते गणेशलाई जिल्ला अस्पताल दैलेखमा लगिएको छ भने बाँकी ६ जनाको स्थानीय मेडिकलमा उपचा भइरहेको वडाध्यक्ष हमालले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण