पपस्टार धिरजको 'जुनेली रातको तिमी जुन हौ मेरी' (भिडियो)
बुधबार, १२ वैशाख २०७५, ०८ : २९
काठमाडौं - चर्चित गायक धिरज राईको नयाँ पप गीत सार्वजनिक भएको छ ।
नेपाली माइकल ज्याक्सन भनेर चिनिने नेपाली पप स्टार गायक धिरजले लामो समयको अन्तरालपछि आफ्नै शब्द र संगीतमा नयाँ पप गीत बजारमा ल्याएका हुन् ।
“जुनेली रातको तिमी जुन हौ मेरी, हजारौ तारा टिपी आकाशै भरि” बोलको गीत उनले सार्वजनिक भएको हो ।
आधा नेपाली र आधा अंग्रेजीमा रहेको यस गीत रोमान्टिक लभस्टोरीमा आधारित छ ।
भिडियोमा योगेन्द्र राइ, अञ्जना राइ र मेरिना तुम्सा लिम्बुको अभिनय रहेको छ ।
पबिन्द्र श्रेष्ठले निर्देशन गरेको भिडियोलाई पबिन्द्र श्रेष्ठ र सुदेश श्रेष्ठले छायांकन गरेका छन् ।
कमलपोखरी र सिटी सेन्टरको आसपास छायांकन गरिएका भिडियो लभ ब्लाड्स एल्बममा समावेश छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोर्चुगल र कङ्गोबिचको रोमाञ्चक खेल बराबरीमा समाप्त
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
-
पहिलो हाफको अन्तिम समयमा गोल गर्दै कंगो खेलमा फर्कियो
-
अमेरिका–इरान सम्झौता: होर्मुज ६० दिनसम्म महसुलमुक्त रहने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण