शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

‘समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम’

मङ्गलबार, ११ वैशाख २०८१, २२ : ५२
मङ्गलबार, ११ वैशाख २०८१

काठमाडौँ । लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण गर्दै समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम रहेको वक्ताहरुले धारणा राखेका छन् । 

लोकतन्त्र दिवसका अवसरमा परिवर्तन अभियान नेपालद्वारा मंगलबार राजधानीका आयोजित कार्यक्रममा वक्ताहरुले यस्तो बताएका हुन् । 

नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले अनुशासित नेतृत्व र नैतिकता नभएको लोकतन्त्रले मुलुक र जनताको हित गर्न नसक्ने धारणा राखे । उनले मुलुकको राजनीतिक नेतृत्वले नैतिकताको नजिर बनाउन नसकेको धारण राखे । 
समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम विकल्प भएको उनको भनाइ थियो । जनताको मतबाट वडा सदस्यदेखि राष्ट्राध्यक्षसम्म निर्वाचित गर्ने लोकतान्त्रिक प्रणाली भए पनि सबै क्षेत्रमा लोकतान्त्रिक अभ्यास अबलम्बन भने हुन नसकेको भन्दै उनले यसमा सुधारको खाँचौ औल्याए । 
यसैगरी नेकपा एमाले संसदीय दलका सचेतक सुनिता बरालले नेताहरुका जीवनशैली, व्यवहार र  कामकारवाहीका आधारमा लोकतन्त्रिक अभ्यास मापन हुने बताइन् । 

सेवाप्रवाहमा नागरिकले लोकतन्त्रको अनुभूति नपाउँदा राजनीतिक नेतृत्वप्रति विभिन्न कोणबाट टिकाटिप्पणी भएको उनको भनाइ थियो । देशभित्रका सम्भावनालाई बिर्सिएर विदेश पलायनलाई प्रतिष्ठानको विषय बनाउन नहुने धाराणा राख्दै नेत्री बरालले सरकार र राजनीतिक नेतृत्वले पनि प्रतिबद्धता जनाएका विषय कार्यान्वयन र सम्बोधन गर्न आवश्यक रहेको बताइन् । 

उनले उच्च शिक्षा, दक्षता अभिवृद्धि र आर्थिक आयआर्जनका लागि विदेश गएपनि समाज र देशको प्रगति र उन्नतिका लागि स्वदेशमै पसिना बगाउनु पर्ने सुझाव दिइन् । 

प्राध्यापक डा पिताम्बर भण्डारीले लोकतान्त्रिक प्रणाली उच्चतम शासन व्यवस्था भएकाले प्रणालीमा नीति र नेतृत्व नैतिकताको कसीमा रहन आवश्यता रहेको बताए । 

अभियानका अध्यक्ष सुशील भट्टको सभापतित्वमा सम्पन्न कार्यक्रममा सहभागीले राजनीतिमा विकृति रहेसम्म लोकतन्त्रका लागि सधैँ चूनौती खडा हुने विचार प्रकट गरे । 

परिवर्तन अभियानले विभिन्न सामाजिक कार्यहरु गर्नुका साथै जल्दोबल्दो विषयमा विभिन्न समयमा बहससमेत चलाउँदै आएको अध्यक्ष भट्टले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप