लसुन आयातमा ९ महिनामा १९ करोड बाहिरियो
काठमाडौँ । नेपालले ९ महिनाको अवधिमा १९ करोड रुपैयाँभन्दा बढीको लसुन आयात गरेको छ । चालू आर्थिक वर्ष २०८०/८१ को साउनदेखि चैत महिनासम्मको अवधिमा नेपालले विदेशबाट १९ करोड रुपैयाँभन्दा बढीको लसुन आयात गरेको हो ।
भन्सार विभागका अनुसार यस अवधिमा १२ लाख किलोग्राम लसुन भित्रिएको छ । यसबापत आयातकर्ताले ४ करोड ७० लाख रुपैयाँ राजश्व बुझाएका छन् । नेपालमा विशेष गरी चीन र भारतबाट लसुन आयात हुने गरेको छ । यस अवधिमा चीनबाट १ करोड १६ लाख रुपैयाँको लसुन भित्रिएको तथ्याङ्क छ ।
यस्तै भारतबाट १७ करोड ५० लाख रुपैयाँभन्दा बढीको लसुन आयात भएको तथ्याङ्क छ । लसुनलाई नेपाली भान्साको महत्त्वपूर्ण मसलाकारुपमा लिइन्छ । भन्सार विभागको तथ्यांकअनुसार नेपालबाट समेत विदेशतर्फ लसुन निर्यात हुन्छ । तर यो न्यून मात्रामा छ ।
९ महिनाको अवधिमा नेपालबाट अस्ट्रेलियातर्फ २ लाख १५ हजार रुपैयाँ बराबरको साढे ४०० किलोग्राम लसुन निर्यात भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण