राहतको प्रतीक्षामा महोत्तरीका अग्निपीडित
महोत्तरी । मटिहानी–६ को मुस्लिम बस्तीका एक सय ५० अग्निपीडित परिवार राहतको प्रतीक्षामा छन् । समयमा सहयोग नहुँदा उनीहरू बिचल्लीमा परेका छन् ।
बुधबारको आगलागीमा एक सय घर जलेपछि उनीहरूको बिल्लीबाठ भएको हो । बस्तीकी मैमुन खातुनको घरबाट सल्केको आगोबाट झुरमुट्ट बस्तीका एक सय घर खरानी भएका हुन् । अग्निपीडित परिवारले राहत प्राप्त नभएको गुनासो गरेका छन्भने जिल्ला प्रशासन कार्यालयले त्यसनिम्ति प्रयास भइरहको जनाएको छ । जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्षसमेत रहनुभएका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले सहयोगका निम्ति अपिल गर्नुभएको छ ।
मटिहानी नगरपालिकाको आकष्मिक कार्यपालिका बैठकले तत्काल प्रभावित परिवारलाई तयारी खाना, खाद्यान्न र त्रिपाल उपलब्ध गराउने निर्णय गरेको छ । अहिले नगरप्रमुखसहितका जनप्रतिनिधि र कार्यालयका कर्मचारी राहत सामग्री वितरणमा लागेका छन् । नेपाल रेडक्रस सोसाइटी महोत्तरी शाखाले प्रभावित परिवारलाई भाँडावर्तन प्रदान गरेको बताएको छ । महोत्तरी रेडक्रस शाखाका सभापति दीपक मिश्रले आफूहरू सहयोगका निम्ति जुटेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज अन्तर्राष्ट्रिय जैविक विविधता दिवस मनाइँदै
-
काभ्रेको महाभारतमा दम्पती मृत फेला, हत्याको आशङ्का
-
नेपाली राजदूतावासको आयोजनामा क्यानडामा पर्यटन प्रवर्द्धन कार्यक्रम
-
किन पक्राउ परे कैलाश सिरोहिया ? यस्ता छन् ६ आधार र कारण
-
टी–२० क्रिकेट सिरिजमा अमेरिकासँग बंगलादेश ५ विकेटले पराजित
-
कन्सुलर सेवा प्रवाहबारे कूटनीतिक अधिकारीहरूसँग छलफल