शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

१० वर्ष कैद तोकिएका फरार प्रतिवादी पक्राउ

बिहीबार, १३ वैशाख २०८१, १२ : ४०
बिहीबार, १३ वैशाख २०८१

काठमाडौँ । १० वर्ष कैद सजाय तोकिएका एकजना फरार प्रतिवादीलाई प्रहरीले कैलालीबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा लम्कीचुहा नगरपालिका–३ घर भएका लालमनि तिमिल्सेना छन् ।

५४ वर्षीय तिमिल्सेनालाई उनको घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कवीन्द्र बहादुर बोहराले रातोपाटीलाई बताए । 

उच्च अदालत दिपायलले २४ पुस २०८० मा उनीबिरुद्ध १० वर्ष कैद र १ लाख जरिवाना हुने फैसला गरेको थियो । फैसला पछि उनी फरार थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप