कतारी राजालाई काठमाडौँ बाहिर घुमाउने योजना सम्भव भएन : राजदूत ढकाल
काठमाडौँ । कतारका लागि नेपाली राजदूत नरेशविक्रम ढकालले कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमण अत्यन्तै उपलब्धिमूलक र सफल भएको बताएका छन् । बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गरी राजदूत ढकालले थानीले ३ दिन नेपाल भ्रमण गर्ने अपेक्षा गरिएकोमा व्यस्तताका कारण दुई दिन मात्र गर्न सकिएको बताए ।
विश्वमा विभिन्न खालका घटना भइरहेको अवस्थामा कतारका राजाले छोटो समय नेपालको भ्रमण गरेको उनको भनाइ छ । ‘कतारका राजा थानीलाई काठमाडौँ बाहिर समेत घुमाउने योजना रहेको थियो तर समय अभावका लागि त्यो सम्भव भएन’, राजदूत ढकालको भनाइ छ ।
कतारमा रहेका नेपाली श्रमिकको हक हितका लागि कतार सरकार गम्भीर रहेको भन्दै राजदूत ढकालले श्रम सम्झौतालाई समयानुकूल संशोधन गर्ने विषयमा अझै छलफल आवश्यक रहेकाले थप छलफल मात्रै टुङ्गोमा पुगिने बताए ।
राजदूत ढकालले अन्तर्राष्ट्रिय कानुनका केही प्रक्रिया नटुङ्गिएकाले तत्काल हात्ती उपहार दिन नसकिएको पनि बताए । ‘वन मन्त्रालयले यसमा आवश्यक प्रक्रिया पूरा गरेपछि चाँडै हात्ती पठाइन्छ’, राजदूत ढकालको भनाइ छ ।
मंगलबार नेपाल भ्रमणमा आएका कतारी राजा थानी नेतृत्वको प्रतिनिधिमण्डल बुधबार स्वदेश फर्किएको थियो । कतारका राजा थानीको नेपाल भ्रमणका क्रममा विभिन्न ८ वटा समझदारी र सम्झौता भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सदस्य स्वार्थ बाझिने बैठकमा सहभागी हुन नपाउने
-
एमालेको २ दिने कार्यशाला : ओलीले उद्घाटन गरे, शंकरले गर्दैछन् समापन
-
विराटनगरको फोहर व्यवस्थापन ठेक्कामा किचलो
-
राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएन : अध्यक्ष विश्वकर्मा
-
३ देश, ४८ टोली र नयाँ नियमसहित इतिहासकै सबैभन्दा ठुलो फुटबल महोत्सव
-
ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण