आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय
मन्त्रिपरिषद् बैठक

मन्त्रिपरिषद् बैठकमा सहकारीको समस्याबारे गम्भीर छलफल

बिहीबार, १३ वैशाख २०८१, १७ : १७
बिहीबार, १३ वैशाख २०८१

काठमाडौँ । मन्त्रिपरिषद्को बैठकमा सहकारीको समस्यासम्बन्धी विषयमा गम्भीर छलफल भएको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकमा यस सम्बन्धमा गम्भीर छलफल भएको सरकारको प्रवक्ता समेत रहेकी सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् । 

यस सम्बन्धमा तत्काल कानुनमा व्यवस्था गरी सहकारी र तिनका कारण बचतकर्ताले बेहोर्नुपरेको समस्याको समाधान प्रक्रिया सुरु गर्ने निर्णय भएको उनको भनाइ छ ।

बैठकमा देशभर बढ्दो क्रममा रहेको डढेलाको समस्याका विषयमा पनि छलफल भएको उनको भनाइ छ । आगलागीबाट हुनसक्ने क्षति न्यूनीकरणका साथै तत्काल नियन्त्रण गर्न सम्बन्धित निकायलाई गम्भीरताका साथ क्रियाशील हुन पनि सरकारले निर्देशन दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप