मन्त्रिपरिषद् बैठक
मन्त्रिपरिषद् बैठकमा सहकारीको समस्याबारे गम्भीर छलफल
बिहीबार, १३ वैशाख २०८१, १७ : १७
काठमाडौँ । मन्त्रिपरिषद्को बैठकमा सहकारीको समस्यासम्बन्धी विषयमा गम्भीर छलफल भएको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकमा यस सम्बन्धमा गम्भीर छलफल भएको सरकारको प्रवक्ता समेत रहेकी सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।
यस सम्बन्धमा तत्काल कानुनमा व्यवस्था गरी सहकारी र तिनका कारण बचतकर्ताले बेहोर्नुपरेको समस्याको समाधान प्रक्रिया सुरु गर्ने निर्णय भएको उनको भनाइ छ ।
बैठकमा देशभर बढ्दो क्रममा रहेको डढेलाको समस्याका विषयमा पनि छलफल भएको उनको भनाइ छ । आगलागीबाट हुनसक्ने क्षति न्यूनीकरणका साथै तत्काल नियन्त्रण गर्न सम्बन्धित निकायलाई गम्भीरताका साथ क्रियाशील हुन पनि सरकारले निर्देशन दिएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण