बेथिति र विकृतिको समूल अन्त्य गर्न आन्दोलनको विकल्प छैन : कमल थापा
काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले अहिले मुलुकमा देखिएको बेथिति र विकृतिको अन्त्य गर्न आन्दोलनको विकल्प नभएको बताएका छन् । आज पार्टीको लुम्बिनी ,कर्णाली र सुदूरपश्चिम क्षेत्रका पदाधिकारी सदस्य तथा जिल्ला अध्यक्षहरुसङ्गको भर्चुअल बैठकलाई सम्बोधन गर्दै थापाले अहिलेको राज्य प्रणालीले देशलाई अधोगति तर्फ मात्र लैजाने जिकिर गरे ।
भ्रष्टाचार ,कुशासन र मनपरितन्त्रलाई निरन्तरता दिँदा मुलुक समस्याको दलदलमा भासिने भन्दै अब विकल्प खोज्नुपर्नेमा जोड दिए । विकल्प भनेको आन्दोलन भएको भन्दै थापाले आन्दोलनको वातावरण तयार गर्न जिल्ला अध्यक्षहरुसँग आग्रह पनि गरे । एक्ला एक्लै आन्दोलन गर्दा सफलता प्राप्त नभएको विगतलाई हेरेर समान बिचार भएका बिच मोर्चा बनाउने प्रस्तावले मूर्तरूप नलिएकोमा चिन्ता व्यक्त गर्दै थापाले त्यो दिशामा अहिले पनि प्रयासरत भएको समेत स्पष्ट पारे ।
तत्काल मोर्चा नबनेको परिस्थिति भए पनि पार्टीले आफ्नो तर्फ बाट गर्ने आन्दोलनको तयारीलाई भने निरन्तरता दिन तयारीमा जुट्न समेत थापाले आग्रह गरे। वैकल्पिक बिचार र मार्गचित्र राप्रपा नेपालसँग भएकोले पार्टीलाई बलियो शक्ति बनाउन क्रियाशील र गतिशील हुनुपर्नेमा समेत जोड दिए । बैठकमा महामन्त्री द्वय भास्कर भद्राले सचिवालय र राजाराम बर्तौलाले संगठन सम्बन्धि प्रतिबेदन पेश गरेका थिए भने जिल्ला अध्यक्षहरूले जिल्लाको अवस्थाबारे बैठकलाई जानकारी गराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण