शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय
मैत्रीपूर्ण टी–२० प्रतियोगिता

सोमपाल कामीले लिए वेस्ट इन्डिजको पाँचौँ विकेट

आइतबार, १६ वैशाख २०८१, १३ : ३०
आइतबार, १६ वैशाख २०८१

काठमाडौँ । घरेलु टोली नेपालविरुद्ध आइतबार जारी दोस्रो टी–२० क्रिकेटमा वेस्ट इन्डि ‘ए’ ले आफ्नो पाँचौँ विकेट गुमाएको छ । वेस्ट इन्डिजको पाँचौँ विकेट सोमपाल कामीले लिएका हुन् ।

उनले वेस्ट इन्डिजका छैटौँ नम्बरका ब्याट्सम्यान किमो पललाई आठ रनको ब्यक्तिगत स्कोरमा बोल्ड गरेका हुन् । १६.१ ओभरमा किमो पल आउट हुँदा क्यारेबियन टोलीले एक सय चार रन बनाएको छ । 

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा वेस्ट इन्डिजको ‘ए’ टोलीले टस जिती पहिले ब्याटिङको निर्णय लिएको हो । यसअघि शनिबार खेलिएको पहिलो टी–२० क्रिकेटमा नेपालले वेस्ट इन्डिजलाई चार विकेटले हराएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप