मुख्यमन्त्रीले पूर्व सहमति तोडेकाले जिम्मेवारी अस्वीकार गरेको हुँ : भरत साह
आइतबार, १६ वैशाख २०८१, १६ : ०७

काठमाडौँ । मुख्यमन्त्री सरोजकुमार यादवले पूर्व सहमति पालना गरेको भन्दै माओवादीबाट मन्त्री भएका भरत साहले वन मन्त्रालयको जिम्मेवारी लिन अस्वीकार गरेका छन् । माओवादी संसदीय दलका नेता समेत रहेका साहलाई मुख्यमन्त्री यादवले आइतबार वन मन्त्रालयको जिम्मेवारी दिएका थिए । तर माओवादीलाई अर्थमन्त्री बनाउने पूर्व सहमति मुख्यमन्त्रीले पालना नगरेकाले जिम्मेवारी लिन अस्वीकार गरेको साहले रातोपाटीलाई बताए ।
‘उहाँले विश्वासको मत लिनअघि माओवादीलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिने सहमति भएको थियो । शपथ लिइसकेपछि पूर्व सहमतिविपरित उहाँले वन मन्त्रालयको जिम्मेवारी दिनुभयो । त्यसैलै जिम्मेवारी नस्वीकारेको हो’, साहले भने ।
मुख्यमन्त्री यादवले वैशाख ६ गते माओवादीबाट साहसहित युवराज भट्टराई र एकीकृत समाजवादीबाट बेची लुँगेलीलाई मन्त्रीमा नियुक्ति दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
-
अमेरिकामा चार जना नेपाली मृत फेला
-
बकर इदले आपसी भाइचारा र समानताको सन्देश प्रवाह गर्न मद्दत पुग्छ : राष्ट्रपति पौडेल
-
बाम्का बजार आगलागी घटना : पीडितलाई राहत उपलब्ध गराउन सरकारसँग माग
-
नेपालका चाडपर्वले एकताको सन्देश दिएका छन् : सभामुख घिमिरे
-
विविधताभित्रको एकता नै हामी नेपाली हुनुको पहिचान हो : अध्यक्ष हादाल