मुख्यमन्त्रीले पूर्व सहमति तोडेकाले जिम्मेवारी अस्वीकार गरेको हुँ : भरत साह
आइतबार, १६ वैशाख २०८१, १६ : ०७
काठमाडौँ । मुख्यमन्त्री सरोजकुमार यादवले पूर्व सहमति पालना गरेको भन्दै माओवादीबाट मन्त्री भएका भरत साहले वन मन्त्रालयको जिम्मेवारी लिन अस्वीकार गरेका छन् । माओवादी संसदीय दलका नेता समेत रहेका साहलाई मुख्यमन्त्री यादवले आइतबार वन मन्त्रालयको जिम्मेवारी दिएका थिए । तर माओवादीलाई अर्थमन्त्री बनाउने पूर्व सहमति मुख्यमन्त्रीले पालना नगरेकाले जिम्मेवारी लिन अस्वीकार गरेको साहले रातोपाटीलाई बताए ।
‘उहाँले विश्वासको मत लिनअघि माओवादीलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिने सहमति भएको थियो । शपथ लिइसकेपछि पूर्व सहमतिविपरित उहाँले वन मन्त्रालयको जिम्मेवारी दिनुभयो । त्यसैलै जिम्मेवारी नस्वीकारेको हो’, साहले भने ।
मुख्यमन्त्री यादवले वैशाख ६ गते माओवादीबाट साहसहित युवराज भट्टराई र एकीकृत समाजवादीबाट बेची लुँगेलीलाई मन्त्रीमा नियुक्ति दिएका थिए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण