आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

खेलाडीले प्रेसर अझै राम्रोसँग म्यानेज गर्नसक्थेँ : प्रशिक्षक मोन्टी

आइतबार, १६ वैशाख २०८१, १९ : ०२
आइतबार, १६ वैशाख २०८१

काठमाडौँ । नेपाली क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देसाईले आफ्नो टोलीले अझ राम्रोसँग प्रेसरलाई म्यानेज गर्नुपर्ने बताएका छन् । वेस्ट इण्डिज ‘ए’ सँगको दोस्रो ट्वान्टी–२० क्रिकेटमा आईतवार हार व्यहोरेपछि प्रशिक्षक मोन्टीले सो धारणा व्यक्त गरेका हुन् । 

बलिङमा साझेदारी राम्रो रहेको उल्लेख गर्दै प्रशिक्षक मोन्टीले सागर ढकाल र कुशल भुर्तेलको बलिङ सुखद रहेको बताए । प्रशिक्षक मोन्टीले राम्रो शुरुवात गरे पनि लोकेश बमको क्रयाम्पपछि मोमेन्टन चेन्ज भएको प्रतिक्रिया दिए । पावर प्लेमा छिटै विकेट पतन हुँदा दबाबमा परेको उनको भनाइ छ । तर त्यो दबाब नेपालले अभैm राम्रोसँग म्यानेज गर्नसक्ने प्रशिक्षक मोन्टीको बुझाइ छ ।

प्रशिक्षक मोन्टीले ट्वान्टी–२० मा यस्तो अवस्था आउने बताए । तर यहाँबाट सिक्नुपर्ने उनको भनाइ छ । प्लेइङ एलाभेनमा सबैलाई आफ्नो भूमिका राम्रोसँग दिइएको हुने तर आज त्यसअनुसार हुन नसकेको प्रशिक्षक मोन्टीको भनाइ छ । उनले आजको खेलमा ब्याटिङ साझेदारीमा कमी देखिएको पनि बताए । यद्यपि, रोहितले राम्रो खेलेको उनको भनाइ छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप