शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

सामसङको मुनाफा ९३३ प्रतिशत बढ्यो

मङ्गलबार, १८ वैशाख २०८१, १४ : ३७
मङ्गलबार, १८ वैशाख २०८१

सोल । दक्षिण कोरियाली स्मार्टफोन निर्माता कम्पनी सामसङ इलेक्ट्रोनिक्सको सञ्चालन मुनाफामा निकै ठुलो वृद्धि देखिएको छ । यस वर्षको पहिलो त्रैमासमा कम्पनीले ६६ खर्ब वन सञ्चालन मुनाफा गरेको छ ।

मुनाफाको यो आकार गत वर्षको सोही अवधिको तुलनामा ९३१ प्रतिशत धेरै भएको बताइएको छ । समीक्षा अवधिमा कम्पनीले ७१९ खर्ब वन आम्दानी गरेको छ । यो पनि गएको वर्षको सोही अवधिको तुलनामा १२ दशमलव ८१ प्रतिशत धेरै हो ।

ग्यालेक्सी २४ स्मार्टफोन उच्च विक्रीका कारण कम्पनीको आम्दानी र मुनाफा दुवै बढेको बताइएको छ । मेमोरी चिपको उच्च मूल्यका चिप व्यवसाय नाफामा फर्किदा पनि कम्पनीको फाइदा बढेको हो । गएको वर्ष भने माग सुस्ताउँदा कम्पनीले यस अघि कहिले नदेखिएको घाटा बेहोरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप