सामसङको मुनाफा ९३३ प्रतिशत बढ्यो
मङ्गलबार, १८ वैशाख २०८१, १४ : ३७
सोल । दक्षिण कोरियाली स्मार्टफोन निर्माता कम्पनी सामसङ इलेक्ट्रोनिक्सको सञ्चालन मुनाफामा निकै ठुलो वृद्धि देखिएको छ । यस वर्षको पहिलो त्रैमासमा कम्पनीले ६६ खर्ब वन सञ्चालन मुनाफा गरेको छ ।
मुनाफाको यो आकार गत वर्षको सोही अवधिको तुलनामा ९३१ प्रतिशत धेरै भएको बताइएको छ । समीक्षा अवधिमा कम्पनीले ७१९ खर्ब वन आम्दानी गरेको छ । यो पनि गएको वर्षको सोही अवधिको तुलनामा १२ दशमलव ८१ प्रतिशत धेरै हो ।
ग्यालेक्सी २४ स्मार्टफोन उच्च विक्रीका कारण कम्पनीको आम्दानी र मुनाफा दुवै बढेको बताइएको छ । मेमोरी चिपको उच्च मूल्यका चिप व्यवसाय नाफामा फर्किदा पनि कम्पनीको फाइदा बढेको हो । गएको वर्ष भने माग सुस्ताउँदा कम्पनीले यस अघि कहिले नदेखिएको घाटा बेहोरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण