बुधबार, ०९ जेठ २०८१
ताजा लोकप्रिय

भाजपाको निमन्त्रणामा को को जाँदै छन् दिल्ली ?

बुधबार, १९ वैशाख २०८१, १९ : ००
बुधबार, १९ वैशाख २०८१

काठमाडौँ । भारतीय जनता पार्टीले चुनावी पर्यवेक्षकको रूपमा नेपालसहित विभिन्न १० देशका नेताहरूलाई निमन्त्रणा गरेको छ ।

नेपालबाट नेपाली काँग्रेसका उदयशम्शेर राणा, माओवादीका मातृका यादव, एमालेका विष्णु रिमाल र जनमत पार्टीका जयकान्त राउत भाजपाको निम्ता मान्न आज दिल्ली जाने भएका छन् ।

भाजपाले चुनावमा कसरी प्रचारप्रसार गर्छ, भाजपाको चुनावी एजेन्डा के-के छन्, भाजपा नेतृत्वको सरकारले के के कार्य गरेको छ भन्ने विषयमा उनीहरूलाई जानकारी गराउनुको साथै केही चुनावी क्षेत्रहरूको अवलोकन समेत गराउने बताइएको छ ।

भाजपाले १० वटा देशका १८ वटा पार्टीलाई बोलाएको छ । अस्ट्रेलियाको लिबर पार्टी, भियतनामको कम्युनिस्ट पार्टी, बंगलादेशको अवामी लिग, इजराइलको लिकुड पार्टी, युगान्डाको नेशनल रेसिसटेन्स मुभमेन्ट, तान्जानियाको चामा च मापीनडुजी, रसियाको युनाइटेड रसिया पार्टी, श्रीलङ्काको श्रीलङ्का पोडुजाना परमुना र युनाइटेड नेशनल पार्टी, मेरिससको मिलट्यान्ट सोसलिस्ट मुभमेन्ट, लेबर पार्टी, मिलटेन्ट मुभमेन्ट, सोसल डेमोक्रेट पार्टीका प्रतिनिधिहरू दिल्ली जाने बताइएको छ ।

चुनावी पर्यवेक्षकको रूपमा आमन्त्रित विभिन्न देशका नेताहरूसँग भाजपाका अध्यक्ष जेपी नन्दा, भारतीय विदेश मन्त्री एस.जयशंकर, रेल्वे मन्त्री आश्विनी वैष्णवले भारतमा भइरहेको चुनावको बारेमा छलफल गर्ने कार्यक्रम तय भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप