मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय
टी–२० क्रिकेट

जोन्सन चार्लिस नेपाली भूमिमा शतक बनाउने पहिलो क्यारेबियन खेलाडी

बुधबार, १९ वैशाख २०८१, १३ : ५४
बुधबार, १९ वैशाख २०८१

काठमाडौँ । वेस्ट इन्डिजका जोन्सन चार्लिसले नेपालविरुद्ध बुधबार खेलिएको तेस्रो टी–२० क्रिकेटमा शतक बनाएका छन् । उनी नेपाली भूमिमा खेलिएको क्रिकेट प्रतियोगितामा शतक प्रहार गर्ने पहिलो क्यारेबियन खेलाडी बनेका छन् । 

जोन्सन चार्लिसले वेस्ट इन्डिजको सिनियर टोलीबाट पनि विभिन्न प्रतियोगिता खेलिसकेका छन् । वेस्ट इन्डिजको ‘ए’ टोली पाँचवटा टी–२० खेलको शृंखला खेल्न हाल नेपाल भ्रमणमा छ । वेस्ट इन्डिजको कुनै पनि स्तरको क्रिकेट टोली नेपाल भ्रमणमा आएको यो पहिलो पटक हो । 

यसअघि खेलिएको पहिलो र दोस्रो टी–२० मा वेस्ट इन्डिजका कुनै पनि ब्याट्सम्यानले शतक बनाउन सकेका थिएनन् । नेपाली ब्याट्सम्यान रोहित पौडेलले भने वेस्ट इन्डिजविरुद्धको पहिलो खेलमा शतक र दोस्रो खेलमा अर्धशतक बनाएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप