टी–२० क्रिकेट
जोन्सन चार्लिस नेपाली भूमिमा शतक बनाउने पहिलो क्यारेबियन खेलाडी
बुधबार, १९ वैशाख २०८१, १३ : ५४
काठमाडौँ । वेस्ट इन्डिजका जोन्सन चार्लिसले नेपालविरुद्ध बुधबार खेलिएको तेस्रो टी–२० क्रिकेटमा शतक बनाएका छन् । उनी नेपाली भूमिमा खेलिएको क्रिकेट प्रतियोगितामा शतक प्रहार गर्ने पहिलो क्यारेबियन खेलाडी बनेका छन् ।
जोन्सन चार्लिसले वेस्ट इन्डिजको सिनियर टोलीबाट पनि विभिन्न प्रतियोगिता खेलिसकेका छन् । वेस्ट इन्डिजको ‘ए’ टोली पाँचवटा टी–२० खेलको शृंखला खेल्न हाल नेपाल भ्रमणमा छ । वेस्ट इन्डिजको कुनै पनि स्तरको क्रिकेट टोली नेपाल भ्रमणमा आएको यो पहिलो पटक हो ।
यसअघि खेलिएको पहिलो र दोस्रो टी–२० मा वेस्ट इन्डिजका कुनै पनि ब्याट्सम्यानले शतक बनाउन सकेका थिएनन् । नेपाली ब्याट्सम्यान रोहित पौडेलले भने वेस्ट इन्डिजविरुद्धको पहिलो खेलमा शतक र दोस्रो खेलमा अर्धशतक बनाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण