‘सलमान लापरवाह तर कामप्रति इमानदार पनि छन्’
मुम्बई । सोनाक्षी सिन्हाले सलमान खान निकै लापरवाह भए पनि आफ्नो कामप्रति निकै इमानदार रहेको खुलासा गरेकी छन् ।
सोनाक्षीले सलमानले समयको पालना नगर्ने बताइन् । आफ्नो इच्छा अनुसार सबै काम गर्छन् । उनी समयमै सेटमा आउँदैनन् । मन लागेपछि मात्रै सेटमा आउँछन् । तर सलमानको विशेषता भनेको काम पूरा नगरी कहिल्यै प्याकअप गर्दैनन्।
राज शामानीलाई दिएको एक अन्तर्वार्तामा सोनाक्षीले भनिन्, ‘उनी धेरै लापरवाह छन् तर साथसाथै आफ्नो कामप्रति निकै इमानदार पनि छन् । हो, यी विरोधाभासपूर्ण छन् तर सत्य यही हो । सानातिना कुराको वास्ता नगरेको मैले देखेको छु ।’
सोनाक्षीले थप भनिन्, ‘सलमानले आफूलाई जे मन लाग्छ त्यही गर्छन् । उदाहरणको लागि, यदि सलमानलाई मनलाग्यो भने उनी साइकलमा सेटमा आउँछन्। सेटमा आउन मन लागेपछि मात्र आउँछन् । त्यसैगरी खाना मन लागेको बेला मात्र खाने गर्छन् ।’
‘समग्रमा उनलाई जे मन लाग्छ त्यही गर्छन्। तर योसँगै उनी आफ्नो कामप्रति निकै इमानदार पनि छन् । उनी आफ्नो काम पूरा नभएसम्म सेट छाड्दैनन् । यो सबै अलि अनौठो छ, तर उनले यो कसरी गर्छन् मलाई थाहा छैन,’ उनले भनिन् ।
सोनाक्षीले सन् २०१० मा सलमान खानको फिल्म दबंगबाट बलिउडमा डेब्यु गरेकी थिइन् । यो फिल्ममा उनी सलमानकी अन स्क्रिन पत्नीको भूमिकामा देखिएकी थिइन् । सोनाक्षीले सलमानसँग दबंग २ र दबंग ३ मा पनि काम गरिसकेकी छिन् । सोनाक्षीलाई इन्डस्ट्रीमा ल्याउने श्रेय पनि सलमानलाई नै दिइएको छ ।
सोनाक्षी अहिले वेब सिरिज हीरामण्डीमा अभिनय गरेको भूमिकालाई लिएर चर्चामा छिन् । हालै उनी फिल्म बडे मियाँ छोटे मियाँमा देखिएकी छन् । आगामी दिनमा उनी हरर फिल्म काकुडामा देखिने छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छुट्टाछुट्टै सडक दुर्घटनामा चार जनाले ज्यान गुमाए, दुई घाइते
-
१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ
-
घरेलु कामदारका रूपमा महिलालाई अवैध रूपमा खाडी पठाउने ६ जना पक्राउ, ३१ लाख नगद बरामद
-
मानव अधिकार आयोगको प्रतिवेदन बदनियतपूर्ण रहेको एमालेको निष्कर्ष, भूतप्रभावी कानुन बनाउने सिफारिसमा आपत्ति
-
संविधान संशोधन गर्दा मूल संरचनालाई कुनै पनि हालतमा खण्डित गर्न हुँदैन : रेग्मी
-
क्युबाका राष्ट्रपतिमाथि अमेरिकाले लगायो प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण