शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय
मैत्रीपूर्ण टी–२० प्रतियोगिता

सोमपालले दिलाए नेपाललाई पाँचौँ सफलता

शनिबार, २२ वैशाख २०८१, १३ : ३९
शनिबार, २२ वैशाख २०८१

काठमाडौँ । मैत्रीपूर्ण टी–२० शृङ्खला अन्तर्गत अन्तिम खेलमा वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपालले पाँचौ सफलता हात पारेको छ । सोमपाल कामीले २३ रन बनाएका म्याथ्यू फोर्डेलाई आउट गरेका हुन् ।

खेलमा वेस्ट इन्डिजले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो । टोलीले १६.३ ओभरमा ४ विकेटको क्षतिमा १ सय ३७ रन बनाएको छ ।

वेस्ट इन्डिजले ३–१ ले शृङ्खला आफ्नो पक्षमा पारिसकेको छ । पहिलो खेल नेपालले ४ विकेटले जितेको थियो । त्यसपछि भने नेपालले लगातार तीन खेल गुमाउन पुग्यो । 

दोस्रो खेलमा १० रनले हारेको नेपालमा तेस्रो खेल ७६ रनले पराजित भयो । चौथो खेलमा घरेलु टोली २८ रनले स्तब्ध बन्न पुग्यो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप