नेपालको रियलस्टेट क्षेत्र व्यवसायिक बन्न सकेको छैन : मन्त्री अधिकारी
काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारीले ‘रियलस्टेट’ क्षेत्रले नेपालमा व्यवसायिक आकार लिन नसकेको बताएका छन् । आजदेखि ललितपुरमा सुरु ‘रियलस्टेट’ मेलामा सम्बोधन गर्दै मन्त्री अधिकारीले घरजग्गाको व्यवसायले व्यवसायिक आकार लिन नसकेको बताएका हुन् ।
उनले भने, ‘विदेशमा रियलस्टेट व्यवसाय प्रतिष्ठित व्यवसायीका रूपमा छ । नेपालमा पनि यो व्यवसाय प्रतिष्ठित व्यवसाय बन्न सक्ने पर्याप्त आधार छन् ।’ यसबाहेक घरजग्गा व्यवसायमा पारदर्शिता कायम गर्ने विषय मुख्य चुनौतीका रूपमा रहेको समेत उनको भनाई छ । रियलस्टेट क्षेत्र करको दायरामा आउन नसक्दा राज्यले आम्दानीको ठुलो स्रोत गुमाइरहेको उनको भनाई छ ।
‘नेपालमा घरजग्गा व्यवसायलाई हेर्ने दृष्टिकोणमा सकारात्मक सुधार हुन सकेको छैन,’ मन्त्री अधिकारीले भने, ‘व्यावसायिकता विकास र पारदर्शितामा सुधार गरेर यो व्यवसायलाई हेर्ने नजर फेर्न जरुरी छ ।’ घरजग्गाको कारोबारमा आएको गिरावटलाई सुधार्ने प्रयाससहित सरकारले विभिन्न उपाय अवलम्बन गरेको मन्त्री अधिकारी बताउँछन् ।
‘कित्ताकाटमा देखिएको समस्या समाधान गर्न सरकारले भू–उपयोग नियमावलीमा संशोधन गरेको छ,’ उनले थपे, ‘लगानीकर्तालाई सहजीकरण गर्ने लक्ष्यसहित केही नेपाल ऐनमार्फत भूमिसम्बन्धी ऐनलाई समेत संशोधन गरिएको छ ।’
यसबाहेक घरजग्गा व्यवसायलाई पारदर्शी र भरपर्दो बनाउन मालपोत ऐनलाई संशोधनमार्फत कारोबारलाई व्यवस्थित बनाइएको मन्त्री अधिकारीको भनाई छ ।
‘घरजग्गा कारोबारलाई विश्वासिलो, पारदर्शी र भरपर्दो बनाउन र राष्ट्रिय अर्थतन्त्रलाई योगदान पुर्याउने बनाउनका लागि मन्त्रालयले आवश्यक काम गरिरहेको छ,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यालिफोर्नियामा स्कुलमा गोलीबारी, ३ जनाको मृत्यु
-
सुकुमबासी बस्तीबाट विस्थापित भेषबहादुर दर्जीको मृत्यु
-
झापामा हुरी र वर्षाले केराखेती नष्ट
-
फिल्म ‘बाः एक योद्धा’ ले सार्वजनिक गर्यो कलाकार
-
कलाकार लुकाएर छायांकन सकेको ‘बाः एक योद्धा’ले सार्वजनिक गर्यो कलाकार
-
सहकारीको प्रयासले फस्टाउँदै दुग्ध व्यवसाय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण