आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

विभिन्न ६ स्थानमा आगलागी, लाखौँको क्षति

मङ्गलबार, २५ वैशाख २०८१, १३ : ०५
मङ्गलबार, २५ वैशाख २०८१

काठमाडौँ । देशका विभिन्न स्थानमा भएको आगलागीमा लाखौँ रुपैयाँ बराबरको क्षति पुगेको छ ।

  • बारा सिम्रौनगढ नगरपालिका-८ कचोर्वा बस्ने इनरदेव यादवको गोठमा सोमबार दिउँसो आगलागी हुँदा गोठ र विभिन्न सामान जलेर करिब ७ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । 
  • रुपन्देही, बुटवल उपमहानगरपालिका-११ नारायणपथ देबिनगरस्थित प्रीजम श्रेष्ठको ओम प्राप्ति एण्ड प्रिसा सप्लायर्स मोटर पार्ट स्टोरमा मंगलबार बिहान आगलागी भएको छ । क्षतिको विवरण हाल खुलेको छैन । 
  • सिरहा, धनगढी माई नगरपालिका-९ स्थित सोईच्छा बालुवा प्रशोधन क्रसर उद्योगमा सोमबार दिउँसो आगलागी हुँदा विद्युतीय उपकरणहरू आंशिक रूपमा जलेर करिब २ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । 
  • यसैगरी सिरहा, मिर्चैया नगरपालिका-८ मझाउ बस्ने धनवीर राय समेत ६ जनाको घरमा गएराति आगलागी हुँदा घरभित्र रहेका सरसामान जलेर करिब ५८ लाख ७५ हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । 
  • काभ्रे, बनेपा नगरपालिका-६ बुडोल डाँडा बस्ने रोशन श्रेष्ठको सानु फर्निचरमा विद्युत् सर्ट भई सोमबार राति आगलागी भएको छ । क्षतिको विवरण हाल खुलेको छैन 
  • उदयपुर, कटारी नगरपालिका-४ सिम्लेस्थित धर्म ईन्जिनियर्स वर्कसप अगाडि मर्मतको लागि पार्किङ गरी राखिएको मधेस प्र. ०३००१ क २०८१ नम्बरको टिपरमा मंगलबार बिहान आगलागी हुँदा टिपरको अगाडिको भाग जलेर पूर्णरूपमा क्षति भएको छ । 

प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप