आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

संसद् बैठकलाई रोकतोक बिना अगाडि लैजान महत्त्वपूर्ण आधार तयार भयो  : सभामुख घिमिरे

मङ्गलबार, २५ वैशाख २०८१, १६ : ४७
मङ्गलबार, २५ वैशाख २०८१

काठमाडौँ । सभामुख देवराज घिमिरेले संसद् बैठकलाई रोकतोक बिना अगाडि लैजान महत्त्वपूर्ण आधार तयार भएको बताएका छन् । मंगलबार सिंहदरबारमा शीर्ष नेताहरूसँगको भेटपछि उनले यस्तो बताएका हुन् । 

सभामुख घिमिरेले मंगलबारको छलफलले २८ गतेदेखि सुचारु हुने अबको अधिवेशन रोकतोक बिना अगाडि लैजान महत्त्वपूर्ण आधार तयार पारेको दाबी गरे । उनले समस्याले सदनलाई अवरोध गर्दैन भन्ने आफ्नो बलियो विश्वास रहेको पनि बताए । 

सभामुख घिमिरेले समस्याको समाधान कतिपय राजनीतिक दलहरूको बिचबाट हुने र कतिपय संसदबाट हुने बताए । उनले संसद्लाई अवरोधको भन्दा समस्या समाधानको थलो बनाउनुपर्ने बताए । उनले सबै राजनीतिक दलहरू यसमा सचेत भएर अघि बढ्न जरुरी रहेको पनि बताए ।

उनले भने, ‘समस्याले सदनलाई अवरोध गर्दैन भन्ने मेरो बलियो विश्वास छ । समस्याको समाधान कतिपय राजनीतिक दलहरूको बिचबाट हुन्छ । कतिपय संसदबाट पनि हुन्छ । आजको छलफलले २८ गतेदेखि सुचारु हुने अबको अधिवेशन रोकतोक बिना अगाडि लैजान महत्त्वपूर्ण आधार तयार गरेको छ । शंका गर्नुपर्ने आधार देखेको छैन । संसद्लाई समस्या समाधानको थलो बनाउनुपर्छ । अवरोधको थलोमा लैजानु हुँदैन । यसमा सबै राजनीतिक दलहरू सचेत हुनुहुन्छ ।’

सभामुख घिमिरेले संसद् राम्रोसँग सञ्चालन गर्न दलहरूको भूमिका निर्णायक हुने र आउँदा दिनमा दलहरू गम्भीर हुनुपर्ने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप