पोखराबाट लागुऔषधसहित एक महिला पक्राउ
मङ्गलबार, २५ वैशाख २०८१, २० : ००
पोखरा । पोखराबाट लागुऔषधसहित एक महिला पक्राउ परेकी छिन् । लागुऔषध नियन्त्रण ब्यूरो पोखरा र कास्की प्रहरीको टोलीले छोरेपाटनबाट ती महिलालाई पक्राउ गरेको हो ।
सिद्धार्थ राजमार्ग चेकजाँच गर्ने क्रममा रुपा गाउँपालिका ६ रुपाकोटकी २६ वर्षीय वर्षा गुरुङलाई पक्राउ गरिएको हो ।
उनको साथबाट डाईजापाम ४ एम्पुल, फेनेरागन ४ एम्पुल र नुर्फिन ४ एम्पुल गरी जम्मा १२ एम्पुल लागुऔषध बरामद भएको प्रहरीले जनाएको छ । उनलाई १२ दिन म्याद थप गरी अनुसन्धान थालिएको कास्की प्रहरी प्रवक्ता डीएसपी बसन्तकुमार शर्माले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३ वर्ष कैद भुक्तान गरेका इन्द्रजित राई अब २ महिना १३ दिन मात्र जेल बस्नुपर्ने
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा यी प्रतिवादीलाई सर्वाधिक ४ वर्ष जेल
-
ठगी आरोपमा सौर्य सहकारीका सञ्चालक पक्राउ
-
बेचन झालाई नक्कली भुटानी शरणार्थी प्रकरणमा १ वर्ष जेल सजाय
-
नेपाल टेलिकमका पूर्वप्रबन्धक सुनिल पौडेल दोषी ठहर, साढे २ वर्ष कैद सजाय
-
टेकनाथ रिजाललाई नक्कली भुटानी शरणार्थी प्रकरणमा दुई वर्ष जेल सजाय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण