आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

विचाराधीन मुद्दा मिलाइदिन्छु भनेर २३ लाख ठगेको आरोपमा युवक पक्राउ

मङ्गलबार, २५ वैशाख २०८१, २० : ०६
मङ्गलबार, २५ वैशाख २०८१

काठमाडौँ । अदालतमा विचाराधीन मुद्दा मिलाइदिन्छु भनेर ठगेको आरोपमा प्रहरीले एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ओखलढुंगाको सुनकोशी गाउँपालिका–१ घर भएर पेप्सिकोला बस्ने कृष्ण कार्की छन् । 

३७ वर्षीय कार्कीलाई काठमाडौँको सोल्टीमोडबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी (एसपी) नवराज अधिकारीले रातोपाटीलाई बताए ।

ललितपुर जिल्ला अदालतमा चलिरहेको जग्गा सम्बन्धी मुद्दा मिलाउँछु भनेर उनले धादिङका भरत गुरुङसँग २३ लाख रकम लिएका हुन् । गुरुसँग उनले भनेका थिए, ‘न्यायाधीश लगायत विशिष्ट व्यक्तिहरूसँग मेरो राम्रो सम्बन्ध छ ।’

आरोपीले भन्सार छली मुद्दामा कारागारमा थुनामा रहेको अभियुक्तलाई छुटाउँछु भनेर थप ७ लाख रकम पनि असुलेर फरार भएको एसपी अधिकारीले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप