विचाराधीन मुद्दा मिलाइदिन्छु भनेर २३ लाख ठगेको आरोपमा युवक पक्राउ
मङ्गलबार, २५ वैशाख २०८१, २० : ०६
काठमाडौँ । अदालतमा विचाराधीन मुद्दा मिलाइदिन्छु भनेर ठगेको आरोपमा प्रहरीले एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ओखलढुंगाको सुनकोशी गाउँपालिका–१ घर भएर पेप्सिकोला बस्ने कृष्ण कार्की छन् ।
३७ वर्षीय कार्कीलाई काठमाडौँको सोल्टीमोडबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी (एसपी) नवराज अधिकारीले रातोपाटीलाई बताए ।
ललितपुर जिल्ला अदालतमा चलिरहेको जग्गा सम्बन्धी मुद्दा मिलाउँछु भनेर उनले धादिङका भरत गुरुङसँग २३ लाख रकम लिएका हुन् । गुरुसँग उनले भनेका थिए, ‘न्यायाधीश लगायत विशिष्ट व्यक्तिहरूसँग मेरो राम्रो सम्बन्ध छ ।’
आरोपीले भन्सार छली मुद्दामा कारागारमा थुनामा रहेको अभियुक्तलाई छुटाउँछु भनेर थप ७ लाख रकम पनि असुलेर फरार भएको एसपी अधिकारीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३ वर्ष कैद भुक्तान गरेका इन्द्रजित राई अब २ महिना १३ दिन मात्र जेल बस्नुपर्ने
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा यी प्रतिवादीलाई सर्वाधिक ४ वर्ष जेल
-
ठगी आरोपमा सौर्य सहकारीका सञ्चालक पक्राउ
-
बेचन झालाई नक्कली भुटानी शरणार्थी प्रकरणमा १ वर्ष जेल सजाय
-
नेपाल टेलिकमका पूर्वप्रबन्धक सुनिल पौडेल दोषी ठहर, साढे २ वर्ष कैद सजाय
-
टेकनाथ रिजाललाई नक्कली भुटानी शरणार्थी प्रकरणमा दुई वर्ष जेल सजाय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण