गजल
बुधबार, २६ वैशाख २०८१, १२ : ०२
सन्तान जन्माउन आमाले पटक-पटक मर्नु पर्छ बाँच्नु पर्छ
आमालाई मात्र थाहा छ ती प्रसव पीडा टर्नु पर्छ बाँच्नु पर्छ
खोजेर हेर आमाको ममता भन्दा ठुलो केही हुन्न संसारमा
आमा हुन आमाले नै यस संसारमा केही गर्नु पर्छ बाँच्नु पर्छ
आमा खोज्ने हरेक बाहरू जन्ती लिएर जान्छन् बेहुली लिन
आमा एक्लै आउँछिन् सभ्यता बसाल्न डर्नुपर्छ बाँच्नु पर्छ
आमा नबनेका नारीहरू चिच्याउँछन् कराउँछन् रे सडकमा
आमा बनेर हेर सन्तानको लागि बैतर्नी तर्नु पर्छ बाँच्नु पर्छ
आमा भन्दा महान् न कुनै राम, जिशश, अल्लाह, बुद्ध छन्
नजन्मी कुनै भगवान् चिनिन्न मानापाथी भर्नु पर्छ बाँच्नु पर्छ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
-
पाकिस्तानमा मनसुनी वर्षाका कारण ९ जनाको मृत्यु
-
विभिन्न देशद्वारा सामाजिक सञ्जालमा उमेरको सीमा कडा बनाउने नीति अख्तियार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण