प्रभु बैंक र न्युरो कार्डियो एन्ड मल्टिस्पेसियालिटी हस्पिटलबिच छुट सम्झौता
काठमाडौँ । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरूलाई मोरङको विराटनगर–८ स्थित न्युरो कार्डियो एन्ड मल्टिस्पेसियालिटी हस्पिटलले छुट दिने भएको छ ।
जसअनुसार अन्तरङ्ग तथा बहिरङ्ग सेवामा ओपिडी टिकट बाहेक सिटिस्क्यान, न्यूरोसर्जरी, न्यूरोआईसियू, अर्थोप्याडिकसर्जरी, एमआरआई, प्रसूति तथा स्त्री रोग, क्याथ प्रयोगशाला, ल्याप्रोस्कोपिक सर्जरी, न्युरो नेभिगेसन स्टेल्थ लगायतका स्वास्थ्य तथा अन्य सेवाहरूमा विशेष छुट प्रदान गर्न गरिने जनाइएको छ ।
एक समारोहका बिच न्युरो कार्डियो एन्ड मल्टिस्पेसियालिटी हस्पिटलका सञ्चालन निर्देशक राजेश भट्टराई र प्रभु बैंक गोल्छा चोक, शाखा प्रमुख प्रशान्त कुमार झाले समझदारी ज्ञापन पत्रमा हस्ताक्षर गरे ।
छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरूले प्रभु बैंक लिमिटेडको मान्य डेबिट कार्ड,क्रेडिट कार्ड तथा क्यूआर प्रणालीद्वारा भुक्तानी गर्नुपर्ने हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण