सुदूरपश्चिम प्रदेश
बझाङबाट निर्वाचित प्रदेश सभा सदस्य भण्डारीले लिए शपथ
आइतबार, २३ वैशाख २०८१, १३ : १५
धनगढी । उपनिर्वाचनमा बझाङ क्षेत्र नं. (१) बाट निर्वाचित सुदूरपश्चिम प्रदेश सभा सदस्य दमनबहादुर भण्डारीले पद तथा गोपनीयताको शपथ लिएका छन् । सभामुख भीमबहादुर भण्डारीले आज उनलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।
गत वैशाख १५ गते भएको निर्वाचनमा नेकपा एमालेका भण्डारी ११ हजार ६१२ मतसहित विजयी भएका थिए । उनले आफ्ना निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहलाई २६७ मतले पछि पार्दै निर्वाचित भएका हुन् । सिंहले ११ हजार ३४६ मत प्राप्त गरेका थिए ।
२०७९ को निर्वाचनमा यस क्षेत्रबाट निर्वाचित नेपाली कांग्रेसका प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको गत वर्ष सडक दुर्घटनामा मृत्यु भएपछि उपनिर्वाचन भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपक्षीको नाराबाजीका बिच प्रधानमन्त्रीको विश्वासको मत पाएको घोषणा
-
विश्वासको मत लिनुअघि प्रधानमन्त्रीले प्रतिनिधिसभामा दिएको मन्तव्य (पूर्णपाठ )
-
इब्राहिम रईसीको मृत्युमा हमासले के भन्यो ?
-
विश्वासको मत लिँदा नाराबाजी भएपछि कांग्रेससँग रिसाए प्रधानमन्त्री
-
कांग्रेसलाई प्रधानमन्त्रीको चेतावनी– तपाईंहरुले गलत गर्नुभयो, यसको मूल्य चर्को पर्नेछ !
-
प्रचण्ड नेतृत्वको वर्तमान सरकार पूरै कार्यकाल रहनेछः पौडेल