मीनबहादुर गुरुङद्वारा अस्पताल बनाउन ४१ करोड सहयोग
काठमाडौँ । भाटभटेनी सुपरमार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीन बहादुर गुरुङले भगवान कोइरालाको नेतृत्वमा बन्न लागेको बाल अस्पताललाई ४१ करोड रुपैयाँ सहयोगको घोषणा गरेका छन् । जुन सहयोग नेपालमा कुनै दाताले गरेको सबैभन्दा ठुलो सामाजिक सेवाको कार्य भएको बताइएको छ ।
भाटभटेनी सुपरमार्केटले ‘एक स्वस्थ भविष्यको निर्माणमा हाम्रो सहयोग’ भन्दै यसबारे घोषणा गरेको छ । सुपरमार्केटले सामाजिक सञ्जालमार्फत भनेको छ, ‘हाम्रो भाटभटेनी सूपरमार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले डा भगवान कोइरालाको नेतृत्वमा बन्न लागेको बाल अस्पतालका लागि ४१ करोड सहयोग घोषणाले हामी सबैलाई थप हर्षित बनाएको छ ।’
कोइरालाको नेतृत्वमा देशका ७ प्रदेशमा ७ वटा बाल अस्पताल बनाउने लक्ष्य लिइएको छ।
जसअनुसार हेपाली हाइटमा निर्माण गरिने बाल अस्पतालको एउटा पुरै ब्लक निर्माण गुरुङले निर्माण गरिदिने बताइएको छ । गुरुङले यसअघि पनि विभिन्न सामाजिक कार्यहरूमा सहयोग गर्दै आएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा पारिवारिक विवादले लियो श्रीमान्–श्रीमतीकाे ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण