मधेश सरकारबाट समर्थन फिर्ता लिने माओवादी केन्द्रको तयारी
काठमाडौँ । मधेश प्रदेश सरकारबाट माओवादी केन्द्रले समर्थन फिर्ता लिने भएको छ । जनता समाजवादी पार्टी नेपाल विभाजन भइसकेको अवस्थामा त्यो पार्टीले सरकारको नेतृत्व गर्ने नैतिक आधार नरहेको भन्दै माओवादी केन्द्रले समर्थन फिर्ता लिने तयारी गरेको हो ।
स्रोतका अनुसार माओवादी केन्द्रले मधेश सरकारबाट आजै मन्त्री फिर्ता बोलाउने र सरकारबाट समर्थन फिर्ता लिने बताइएको छ ।
माओवादी केन्द्रका नेता एवं मधेश प्रदेश संसदीय दलका नेता भरत साहले आफूहरू केन्द्रको निर्देशनको पर्खाइमा रहेको र निर्देशन आउने बित्तिकै फिर्ता हुने बताए ।
माओवादी केन्द्रबाट मधेश सरकारमा दुई जना मन्त्री छन् । प्रदेशसभा सदस्य युवराज भट्टराई समीर उद्योग मन्त्री छन् भने संसदीय दलका नेता भरत साहलाई वन मन्त्रालयको जिम्मेवारी दिएको छ । तर साहले सो मन्त्रालय सम्हालेका छैनन् ।
मुख्यमन्त्री सरोज यादवले विश्वास मत लिने बेला माओवादी केन्द्रलाई अर्थ मन्त्रालय दिने सहमति गरेका थिए । तर वन मन्त्रालय दिएपछि माओवादी रुष्ट छ ।
मधेश प्रदेशमा सरकार गठनका लागि ५४ सांसदको समर्थन चाहिन्छ । जसपाका यादव नेतृत्वको सरकारलाई अहिले एमाले, माओवादी, नेकपा (एस) र लोसपाको समर्थन छ । एमालेका २५, माओवादीका ९, नेकपा (एस)का ७ र लोसपाका ८ सांसद छन् ।
जसपा नेपालका १९ जना सांसद छन् । सो पार्टी विभाजन भएपछि कति जना सांसद अशोक राईको पक्षमा जान्छन् भन्ने अहिलेसम्म टुङ्गो लागेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण