नेपाल बैंकको सुरक्षा गार्डको हत्या आरोपमा सशस्त्रका पूर्वजवान पक्राउ
काठमाडौँ । सप्तरीको सप्तकोशी नगरपालिका–१ स्थित नेपाल बैंकमा कार्यरत सुरक्षा गार्डको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तकोशी नगरपालिका–५ घर भएका चन्द्र बहादुर सुवेदी छन् । ३२ वर्षीय सुवेदी सशस्त्र प्रहरी बलका पूर्व जवान हुन् ।
सुवेदीलाई चितवन प्रहरीसँगको समन्वयमा चितवनको राप्ती नगरपालिका–१ बाट पक्राउ गरिएको सप्तरीका एसपी गजुसिद्धी बज्राचार्यले रातोपाटीलाई बताए । २६ वैशाखमा राति सप्तकोशी नगरपालिका २ घर भएका परशुराम फुयाँलको हत्या भएको थियो । उनी नेपाल बैंक लिमिटेडको सो शाखामा सुरक्षा गार्डको रुपमा कार्यरत थिए ।
आरोपीले करिब डेढ वर्षअघि सशस्त्र प्रहरीबाट उपदान लिएर अवकाश रोजेका हुन् । आफ्नो २५ लाख ऋण भएको र सो ऋण तिर्न नसकेपछि लुट्ने उद्देश्यले सुरक्षा गार्डको हत्या गरेको आरोपीले प्रहरीलाई बयान दिएका छन् । मृतक र आरोपी एउटै नगरपालिकाका स्थानीय हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३ वर्ष कैद भुक्तान गरेका इन्द्रजित राई अब २ महिना १३ दिन मात्र जेल बस्नुपर्ने
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा यी प्रतिवादीलाई सर्वाधिक ४ वर्ष जेल
-
ठगी आरोपमा सौर्य सहकारीका सञ्चालक पक्राउ
-
बेचन झालाई नक्कली भुटानी शरणार्थी प्रकरणमा १ वर्ष जेल सजाय
-
नेपाल टेलिकमका पूर्वप्रबन्धक सुनिल पौडेल दोषी ठहर, साढे २ वर्ष कैद सजाय
-
टेकनाथ रिजाललाई नक्कली भुटानी शरणार्थी प्रकरणमा दुई वर्ष जेल सजाय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण