नेपालीलाई केन्यामा लगेर बन्धक बनाउने गिरोहका मुख्य नाइके पक्राउ
काठमाडौँ । नेपालबाट ‘अमेरिका पठाउँछौँ’ भनेर युवा–युवतीहरूलाई केन्यामा लगेर बन्धक बनाउने गिरोहका मुख्य नाइकेलाई प्रहरीले पक्राउ गरेको छ । भारतमा बसेर काठमाडौँमा एजेन्टमार्फत अमेरिका सपना देखाएर ७ करोड भन्दा धेरै ठगेको आरोपमा जगत बहादुर तामाङ पक्राउ परेका हुन् । तामाङ ओखलढुङ्गाका स्थानीय हुन् ।
वैशाख २८ मा उपत्यका अपराध अनुसन्धान कार्यालयले ३ जनालाई सार्वजनिक गरेको थियो । सिन्धुपाल्चोकको सिदुर्चे गाउँपालिका–२ घर भएर गोकर्णेश्वर बस्ने ४३ वर्षीया ङिमवटी शेर्पा, १९ वर्षीया निमा शेर्पा र भोटेकोशी गाउँपालिका–२ घर भएर बूढानीलकण्ठ बस्ने ४७ वर्षका टासी शेर्पा यसअघि पक्राउ परेका हुन् ।
उनिहरुले अवैध बाटोबाट अमेरिका र क्यानडा पठाउँछौँ भनेर पीडितहरूलाई केन्याको नैरोबीमा पुर्याएका थिए । उनीहरूलाई जगत बहादुरले परिचालन गर्ने गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । प्रहरीले यसबारे पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्दै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३ वर्ष कैद भुक्तान गरेका इन्द्रजित राई अब २ महिना १३ दिन मात्र जेल बस्नुपर्ने
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा यी प्रतिवादीलाई सर्वाधिक ४ वर्ष जेल
-
ठगी आरोपमा सौर्य सहकारीका सञ्चालक पक्राउ
-
बेचन झालाई नक्कली भुटानी शरणार्थी प्रकरणमा १ वर्ष जेल सजाय
-
नेपाल टेलिकमका पूर्वप्रबन्धक सुनिल पौडेल दोषी ठहर, साढे २ वर्ष कैद सजाय
-
टेकनाथ रिजाललाई नक्कली भुटानी शरणार्थी प्रकरणमा दुई वर्ष जेल सजाय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण