सरकारको गर्दनमा तरबार झुन्डिएको छ : धर्मेन्द्र बास्तोला
काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टीका सहसंयोजक धर्मेन्द्र बास्तोलाले अहिलेको प्रणाली नै अस्थिर भएकाले सरकार अस्थिर भएको बताएका छन् । सरकार कतिबेला जान्छ कतिबेला के हुन्छ भन्ने खतराको घण्टी बजेको कारण अस्थिर भएको उनले बताएका हुन् ।
‘अहिलेको प्रणाली अस्थिर भएका कारणले सरकार अस्थिर भएका हुन् । सरकार कतिबेला जान्छ, कतिबेला के हुन्छ भन्ने तरबार सरकारको गर्दनमा झुन्डिएको छ । जतिसुकै गरे पनि केही हुनेवाला छैन । जो सरकार बने पनि जसले बनाए पनि प्रक्रिया चलिराखेकै छ । अहिलेको प्रणाली नबदली सरकार स्थिर हुन सक्दैन’, सोमबार रातोपाटीसँग बास्तोलाले भने ।
संसदीय व्यवस्था समाजवादमा रूपान्तरण गराउन विषय असम्भव रहेकाले त्यसका निमित्त जनआन्दोलन गर्नुपर्ने उनले बताए ।
‘प्रचण्डजीले प्रयत्न गरिरहनुभएको छ तर सम्भव छैन । प्रचण्डको ठाउँमा ओली, माधव र देउवा आए पनि केही हुनेवाला छैन । संसदीय व्यवस्थाभित्र जो आए पनि हुने अस्थिरता नै हो’, पछिल्लो राजनीतिक अवस्थाबारे उनले टिप्पणी गर्दै उनले भने, ‘यसभित्र फल्ने फूल्ने भनेको भ्रष्टाचार, तस्करी, नातावाद, कृपावाद हो । सम्पत्ति कमाउन सम्भव छ । यही व्यवस्थाले राजनीति व्यवस्था बदल्ने, औद्योगिकीकरण गर्ने, शान्ति सुव्यवस्था दिने, देशलाई स्वाधीनतातर्फ लैजाने कुरा असम्भव कुरा हो ।’
बास्तोलाले महाधिवेशनपछि देशभक्त, वामपन्थफ क्रान्तिकारीलाई गोलबन्द गर्ने गरी क्रान्तिकारी कम्युनिस्ट पार्टीले नीति, कार्यक्रम र कार्यदिशा तय गर्ने जिकिर गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण