कांग्रेसले दिएन ‘धन्यवाद ज्ञापन’ गर्न, राष्ट्रियसभा बैठक अवरुद्ध
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रियसभाको बैठक अवरुद्ध गरेको छ । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षका लागि संघीय संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि धन्यवाद ज्ञापनका लागि बसेको बैठक कांग्रेसले अवरुद्ध गरेको हो ।
राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले बैठक सुरु गर्ने बित्तिकै कांग्रेस सांसदहरू उभिएर बैठक अवरुद्ध गरेका थिए । दाहालले राष्ट्रपतिलाई धन्यवाद ज्ञापन गर्ने मात्र कार्यसूची रहेको बताउँदै धन्यवादको प्रस्ताव पारित गर्न दिन आग्रह गरे । तर कांग्रेस सांसदहरुले प्रतिनिधि सभामा गृहमन्त्री रवि लामिछानेमाथि छानबिनको माग रहेको र त्यो माग पूरा नभएसम्म बैठक अगाडि बढाउन नदिने बताए ।
कांग्रेसले अवरोध गरेपछि सभाका अध्यक्ष दाहालले जेठ ३ गतेसम्मका लागि बैठक स्थगित गरेका छन् । सो बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अर्थमन्त्री वर्षमान पुन पनि सहभागी थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
-
पाकिस्तानमा मनसुनी वर्षाका कारण ९ जनाको मृत्यु
-
विभिन्न देशद्वारा सामाजिक सञ्जालमा उमेरको सीमा कडा बनाउने नीति अख्तियार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण