गायिका टेलर स्विफ्टको ‘एराज टुर’ले बेलायती अर्थतन्त्र १ अर्ब २० करोड डलरले बढ्ने

लन्डन । अमेरिकी गायिका टेलर स्विफ्टको ‘एराज टुर’ले बेलायतको अर्थतन्त्रमा १ अर्ब डलरभन्दा बढीको योगदान दिने अपेक्षा गरिएको छ । बार्कलेज बैंकको अनुमानले यस्तो देखाएको हो ।
बैंक गरेको ‘स्वीफ्टनोमिक्स’ अध्ययनका अनुसार स्विफ्टको टुरमा बेलायतमा करिब १२ लाख फ्यानहरूमध्ये हरेकले औसतमा ८४८ पाउन्ड खर्च गर्नेछन् ।
यो रकम टुरमा गायिकाको प्रदर्शन हेर्नका लागि टिकट, यात्रा, बसोबासलगायतमा खर्च हुने बताइएको छ । बेलायतमा स्विफ्टले १५ भन्दा धेरै ओटा कन्सर्ट गर्दैछिन् । यसको अर्थ उनको टुरले बेलायती अर्थतन्त्रमा १ अर्ब ३० करोड डलर (करिब १ अर्ब पाउन्ड)को योगदान दिनेछ । यो रकम बेलायतीहरूले हरेक रात घरबाहिर बिताउँदा गर्ने औसत खर्चभन्दा १२ गुणा बढी भएको बार्कलेजले बताएको छ ।
टेलर स्विफ्टको कन्सर्टले अर्थतन्त्रमा यति ठुलो योगदान दिने अपेक्षा गरिएको यो पहिलो पटक होइन । यो वर्षको सुरुमा जापानमा भएको उनको कन्सर्टले अर्थतन्त्रमा २२ करोड ८० लाख डलरको योगदान दिने अनुमान गरिएको थियो । ६ महिनासम्म चलेको स्विफ्टको कन्सर्टले गएको वर्ष अमेरिकी अर्थतन्त्रलाई ४ अर्ब ६० करोड डलरले बढाएको तथ्याङ्क बाहिरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज निर्दोष बालबालिकामाथि अत्याचारविरुद्धको दिवस
-
‘कर्मचारी खेलकुद प्रतियोगिता’ हुने
-
अन्नपूर्ण क्षेत्रमा आउने विदेशी पर्यटकको सङ्ख्यामा बर्सेनि वृद्धि
-
महिनावारी नहुनु वा ढिलाइ हुनुका आठ कारण
-
मुस्ताङका चार पालिका ‘पूर्ण खोप सुनिश्चितता’
-
सुडानमा जारी युद्धका कारण चार लाखभन्दा बढी नागरिक विस्थापित : संयुक्त राष्ट्रसङ्घ