गायिका टेलर स्विफ्टको ‘एराज टुर’ले बेलायती अर्थतन्त्र १ अर्ब २० करोड डलरले बढ्ने
लन्डन । अमेरिकी गायिका टेलर स्विफ्टको ‘एराज टुर’ले बेलायतको अर्थतन्त्रमा १ अर्ब डलरभन्दा बढीको योगदान दिने अपेक्षा गरिएको छ । बार्कलेज बैंकको अनुमानले यस्तो देखाएको हो ।
बैंक गरेको ‘स्वीफ्टनोमिक्स’ अध्ययनका अनुसार स्विफ्टको टुरमा बेलायतमा करिब १२ लाख फ्यानहरूमध्ये हरेकले औसतमा ८४८ पाउन्ड खर्च गर्नेछन् ।
यो रकम टुरमा गायिकाको प्रदर्शन हेर्नका लागि टिकट, यात्रा, बसोबासलगायतमा खर्च हुने बताइएको छ । बेलायतमा स्विफ्टले १५ भन्दा धेरै ओटा कन्सर्ट गर्दैछिन् । यसको अर्थ उनको टुरले बेलायती अर्थतन्त्रमा १ अर्ब ३० करोड डलर (करिब १ अर्ब पाउन्ड)को योगदान दिनेछ । यो रकम बेलायतीहरूले हरेक रात घरबाहिर बिताउँदा गर्ने औसत खर्चभन्दा १२ गुणा बढी भएको बार्कलेजले बताएको छ ।
टेलर स्विफ्टको कन्सर्टले अर्थतन्त्रमा यति ठुलो योगदान दिने अपेक्षा गरिएको यो पहिलो पटक होइन । यो वर्षको सुरुमा जापानमा भएको उनको कन्सर्टले अर्थतन्त्रमा २२ करोड ८० लाख डलरको योगदान दिने अनुमान गरिएको थियो । ६ महिनासम्म चलेको स्विफ्टको कन्सर्टले गएको वर्ष अमेरिकी अर्थतन्त्रलाई ४ अर्ब ६० करोड डलरले बढाएको तथ्याङ्क बाहिरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० जना घाइते
-
राजेन्द्र लिङ्देनले पार्टी छोड्न बाध्य बनाएको धवलशमशेरको आरोप
-
नेपालगञ्जमा चराचुरुङ्गी बचाउ अभियान
-
स्थलयुद्धमा प्रगति हुन नसकेपछि युक्रेनमाथि हवाई आक्रमण तीव्र बनाउँदै रुस
-
‘प्रधानमन्त्री ‘सिंघम’ शैलीमा संसद् आउँछन्, सभामुख सत्तापक्षको ‘रक्षाकवच’ बने’
-
‘अहिलेको सरकारले टुङ्गो नलगाए सङ्क्रमणकालीन न्यायको मुद्दा कहिल्यै सुल्झिँदैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण